अर्पण–ऋचाको जोडीमा ‘फेरि फेरि’ बन्ने

माघ, काठमाडौं ।

कमेडीन जनरामा नयाँ चलचित्र ‘फेरि फेरि’ बन्ने भएको छ । पुरन थापाको लेखन तथा निर्देशनमा बन्ने यो चलचित्रमा नायक अर्पण थापा र नायिका ऋचा शर्माको जोडी बाधिने भएको छ । राजधानीमा एक कार्यक्रमका बिच मंगलबार चलचित्रको शुभमुर्हुत पनि गरिएको छ ।

माता बसुन्धारा मुभीज प्रा.लिको ब्यानरमा निर्माण हुने ‘फेरि फेरि’मा निरज थापाले लगानी गर्दैछन् । कार्यक्रममा बोल्दै निर्देशक थापाले चलचित्रको स्तरियतालाई मध्येनजर गर्दै नेपालमै पहिलोपटक एस ३५ सेन्सरयुक्त अत्याधुनिक प्रबिधिको ८ के रेड क्यामेरा प्रयोग गरिने बताए । ‘पछिल्लो समय नेपालमा पनि चलचित्रको क्वालिटीलाई मध्येनजर गरेर अन्तर्राष्ट्रियस्तरमा प्रयोग हुने एस ३५ सेन्सरयुक्त अत्याधुनिक प्रबिधिको ८ के रेड क्यामेरा प्रयोग गरेका छौं ।’, निर्देशक थापाले भने । सुरेश बज्राचार्यले खिच्ने यो चलचित्रलाई बिपीन मल्लले सम्पादन गर्नेछन् ।

चलचित्रमा एनबि महर्जनको द्धन्द्ध, रामजी लामीछाने र सुरेन बस्यालको नृत्य निर्देशन, बिकास चौधरी र पुरन थापाको संगीत, त्यस्तै बिनोद गुरुङको संगीत संयोजन रहने बताइएको छ । चलचित्रमा अर्पण र ऋचासँगै लय संग्रौला, ओमप्रतिक (गुरुङ), पुरन थापा, धु्रव कोइराला, धमेृन्द्र आचार्य, एलिना बास्कोटा, बिकास चापागाईं, रश्मी पाण्डे, सोनीका बास्तोला, राम बुढाथोकी लगायतको अभिनय रहनेछ ।