भदौ, काठमाडौं । ‘वडा नं. ६’ का बासिन्दाहरुले सुर्के थैली खोज्न थालेको आज एक महिना पुग्न लागिसकेछ तर पनि सुर्के थैली खै भन्दै छन् अझै पनि तिनै बासिन्दाहरु । करिब एक महिनाको अवधिमा सुर्के थैली खोज्न साथ दिनेहरु पनि १ लाख ९२ हजार भन्दा धेरै भईसकेका छन् । यो क्रम दिनानुदिन बढिरहेको छ । सुर्के थैली खै भनेर वडा नं. ६ का बासिन्दाहरुले भनिरहँदा उता भिमफेदीका गाईजहरुले भने सुर्के थैली भेटाएका छन् । भिमफेदीका गाईजहरुले पनि ‘सुर्के थैली खै’ त भनेका छन् तर हातमा थैली देखाउँदा भेटाएको संकेट बुझ्न सकिन्छ ।
माथिको रमाइलो प्रसंग हामीले चलचित्र ‘वडा नं. ६’ बाट लिएका हौं । एक महिना अघि मात्रै सार्वजनिक गरीएको ‘वडा नं. ६’ को ‘सुर्के थैली खै’ बोलको गितले चर्चा बटुल्दै गएपछि चलचित्रका गितहरु बिभिन्न थैलीका बन्दै गएका छन् । भिमफेदी गाईजद्धारा बनाईएको उक्त भिडियो युट्युवमा अपलोड गरीएसँगै दर्शकले मनपनी पराउँदै गएका छन् । हाँस्य कलाकारहरुको संगम रहेको ‘वडा नं. ६’ को ट्रेलर पनि सार्वजनिक भईसकेको छ । ट्रेलरबाट पनि दर्शकले चलचित्र पुर्ण मनोरञ्जन दिने बनेको बुझिसकेका छन् । त्यसतो त चलचित्रका निर्माता दिपकराज गिरी र दिपा श्री निरौलाले पनि पहिला देखिनै वडा नं. ६ हेर्न हलमा बसिसकेपछि पुर्ण समय हाँस्न पाईने बताउँदै आएका छन् ।
चलचित्र असोज १ गतेबाट प्रदर्शनमा आउँदैछ । निर्माण युनिट यतिखेर प्रचासप्रसारमा व्यस्त देखिन्छ । चलचित्रमा हाँस्य कलाकार दिपकराज गिरी, दिपा श्री निरौला, केदार घिमिरे (माग्ने बुढा), सिताराम कट्टेल (धुर्मुस), दयाहांग राई लगायतको मुख्य भुमिका रहेको छ ।
भिमफेदी गाईजले बनाएको भिडियो यस्तो छ ।