मुन्द्रे भएर मुन्द्रा नलगाउने भन्दै अमेरीकामै च्याप्प समातेर मुन्द्रा लगाईदिएपछि…

...

jitu nepal mundre भदौ, काठमाडौं । टेलिभिजनको पर्दामा मुन्द्रेको भुमिकामा देखिने कलाकार जितु नेपाल रिल जीवनमा सधैं मुन्द्रा लगाएर अभिनय गरेता पनि रियल जीवनमा भने मुन्द्रा लगाउँदैनन् । टेलिश्रृंखला जिरे खुर्सानीमा मुन्द्रे भएर अभिनय गरेको ११ बर्ष पुग्दा सम्म पनि आफुले वास्तविक जीवनमा मुन्द्रा नलगाएको जितुले बताउँछन् । अहिले कार्यक्रमको शिलशिलामा अमेरीका पुगेका जितुले ११ बर्ष पछि आफुले मुन्द्रा लगाउनु परेको बताएका छन् ।

अमेरीकाको पिचर्वगमा घुम्दै गरेका जितुलाई एकजना उनकै नजिकका दाजुले च्याप्प समातेर मुन्द्रे भएर मुन्द्रा नलगाई हिड्ने ? भनेर मुन्द्रा लगाईदिएको बताएका छन् । जितुले फेसबुक मार्फत जानकारी गराउँदै लेखेका छन् कि ‘बर्षा ज्वयलसका भानु फुयाल दाईले लगाईदिएको मुन्द्राले हेर्दा हेर्दै मेरो कान महँगा भए । लौ कान अब कसरी इज्जत जोगाउन पर्छ आफै जान ।’

जितु नेपाल अहिले अमेरीकामा भईरहेका बिभिन्न कार्यक्रममा सहभागि भईरहेका छन् । जितु तिन महिनापछि नेपाल फर्कनेछन् ।