मजदुर दिवसमा ‘पसिना’ आउने

फागुन, काठमाडौं ।

चलचित्र ‘पसिना’ आउँदो बर्षको मजदुर दिवसको छेको पारेर प्रदर्शनमा आउने भएको छ । बर्ष ०७५ को बैशाख १४ गतेबाट देशब्यापी प्रदर्शनमा आउने मंगलबार राजधानीमा आयोजीत एक कार्यक्रममा जानकारी दिइयो । साथै सोहि कार्यक्रममा चलचित्रमा समावेश ‘हावा चल्यो सिरिरि’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरियो । गीतमा नारद रिजालको शब्द, राजनराज सिवाकोटीको सङ्गीत र स्वर रहेको छ भने भिडियोमा गौरव र अनु फिचरिङ छन् ।

नन स्टप क्रियसनको ब्यानरमा निर्माण भएको ‘पसिना’ श्रमिकहरुको हक हितको कथामा निर्माण भएको बताइएको छ । ‘गरौँ सत्कर्म बगाउ पसिना’ भन्ने भनाईका साथ चलचित्रमा श्रमिकहरुको हकको बिषयमा आवाज उठाइएको चलचित्रकी निमात्री शान्ता ढाकालले बताइन् । आर.बी.खत्री ‘शरद’ निर्देशित चलचित्रले विशेषत महिला श्रमिकहरुको पिडालाई उठान गरेको छ । चलचित्रमा समाजसेवी शान्ता ढकालसँगै इन्जिनियर संजय महतोको लगानी रहेको छ ।

चलचित्र ‘पसिना’मा गौरब पहाडी, अनु शाह, सरोज खनाल, रबि गिरी, ध्रुब कोइराला, जयनन्द लामा, सरोज अर्याल, सरिता राजउपाध्य, सृजना अधिकारी, शिव शंकर रिजाल, सुरजनी के.सी., शारदा गिरीलगायतका कलाकारको अभिनय रहेको छ । जीवन गौतम सहायक निर्देशक रहेको यो चलचित्रका निर्माण नियन्त्रक लिसन डी.सी.र कृष्ण हुन् ।

राजनराज शिवाकोटी, थिराज राई र दीपक शर्माको सङ्गीत रहेको चलचित्र नविन निरौलाले सम्पादन गरेका छन् भने शिव बि.क.को नृत्य निर्देशन तथा देव महर्जनको द्वन्द्व र रामकेसीको छायांकन छ ।