फागुन, काठमाडौं ।

नेपाली म्युजीक भिडियोको क्षेत्रमा चिनिएको नाम हो पुर्णिमा श्रेष्ठ । नेपाली लोक तथा दोहोरी गीत देखी आधुनिक, पप गीतका सयौं भिडियोमा मोडलिङ गरिसकेकी श्रेष्ठले अहिलेसम्म ४ सय बढी म्युजीक भिडियोमा मोडलिङ गरिसकेकी छिन् । मिलेको शारिरीक बनावट र नृत्यकलाकै कारण उनी निर्देशकहरुको रोजाइमा पर्ने गर्छिन् ।

‘लरक्कै लक्र्याे रातो सारी भुइमा, क्याम्म्पस पढ्न आउनी, एकादशी बजारमा, दाइ नभन्नु ल, मैले जोवन मायालाई साचेको, झिम्काइदेउ परेली, दाबी देखिन्छ, भुरुरु पुतली उड्यो’ लगायतका गीतहरु उनले मोडलिङ गरेमध्येका चर्चित गीत हुन् । २०५४ मा नारायणी कला मन्दिरबाट नृत्यको औपचारिक प्रशिक्षण सहित यो क्षेत्रमा होमिएकी श्रेष्ठ सानैदेखि नृत्यमा अब्बल रहँदै आएकी छिन् । सानोमा बालबालीकाको नृत्य प्रतियोगीता ‘बेबी डान्स कम्पिडिसन’को प्रथम पुरस्कार हात पारेकी उनले चलचित्र ‘मालती’मा बालकलाकारको भुमिका पनि निर्बाह गरेकी थिइन् ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले आयोजना गरेको लोक दोहोरी अवार्ड २०७१ मा ‘बेष्ट मोडल’को उपाधि हासिल गर्न सफल उनले राष्ट्रब्यापी नृत्य प्रतियोगीता ‘छमछमी सिजन वान’मा पनि फष्टरनरअफ पर्न सफल भएकी थिइन् । यो प्रतियोगीतामा करिब ६ हजार प्रतियोगीलाई पछि पार्दै उनले सो उपाधि चुमेकी हुन् ।

देशको आधाभन्दा बढी जिल्ला सहित सिगापुर, हङ्कङ, कोरिया, टर्की, कतार, दुबई लगायत १४ मुलुकको स्टेज कार्यक्रम अनुभव लिएकी श्रेष्ठ आफुलाई नृत्यमा अझ पारंगत बनाउन ‘सृजना कलेज अफ फाइन आट्र्स’मा कथक, चरिया र लोक नृत्य बिषयमा स्नातक गर्दछिन् । उनले केही बिद्यालय तथा स्टुडियोमा नृत्य निर्देशकको जिम्बेवारी समेत सम्हालै आएकी उनी नेपाल पुलिस क्लब साँस्कृतीक सहमुहकी कर्मचारी पनि हुन् । यहाँबाट उनले दर्शनौ कार्यक्रममा नृत्य प्रस्तुत गर्नुका साथै नृत्य निर्देशन समेत गरेकी छन् ।

देशब्यापी नृत्य प्रतियोगीता ‘प्युठानी तार सिजन ३’, मिस दाङ २०१६ लगायत केही प्रतियोगीतामा निर्णायकको अनुभव समेत हासिल गरेकी श्रेष्ठ अहिले ’इन्डियन सांगीतिक टुर’को तयारीमा छिन् । बैशाकमा आयोजना हुने यो टुरमा उनी दर्जन कलाकार सहित भारतको सिक्कीम, कालिपोङ, आसाम लगायतका करिब एक दर्जन स्थानमा बिभिन्न नेपाली कलासंस्कृती झल्कने कार्यक्रम सहित पुग्नेछिन् ।

प्राय म्युजीक भिडियोका मोडलहरु चलचित्र अभिनयमा पनि होमिने गरेको पाइन्छ तपाईको इच्छा के छ ? कि अफर नआएको हो ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छिन्– ‘अफर त धेरै आएका छन् तर उपयुक्त स्क्रिष्ट नभएकोले इन्कार गरेकी हुँ । राम्रो ब्यानर र स्क्रिष्टबाट अफर आयो भने अवस्य गर्नेछु ।’

भिडियोमा सामान्य रुपमा देखिएका कतिपय कलाकार चलचित्रमा देखिन थालेका छन् । थुप्रै म्युजिक भिडियोकी हिट मोडल श्रेष्ठलाई के अहिलेसम्म चलचित्रको अफर नआएको हो त ? प्रश्न राख्न नपाउदै उनले उतर फर्काइन् ’थुपै आएका थिए । अहिले पनि आउछन् । तर चित्त बुझ्दो रोल नभएर नगरेकी हुँ ।’ उनले थपिन् ‘राम्रो ब्यानरको र मनपर्ने कथा पाए चलचित्रमा अभिनय गर्न तयार छु ।’ उनले राम्रो फिल्मको अफरको पर्खामा बसेको पनि बताइन् । नेपाली कलाकारीताक्षेत्र फराकिलो भएको र मोडलिङसँगै चलचित्र अभिनय पनि आफ्नो इच्छाको बिषय रहेको उनी बताउँछिन् ।

(आजको हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ )

८ फाल्गुन २०७४, मंगलवार ०४:४२