‘हिरोज’ चैतमा आउने

फागुन, काठमाडौं ।

चलचित्र ‘हिरोज’ आउँदो चैत २३ गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको छ । सदावहार सुन्दरी नायिका करिश्मा मानन्धर अभिनीत ‘हिरोज’लाई  अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेकी हुन् भने चलचित्रका एनबि महर्जन निर्देशक हुन् । चलचित्रमा करिश्मासँगै जयकिसन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल,संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रले बेरोजगारीको पीडा, महिला हिंसा, राजनीतिक विकृती, अन्याय बिरुद्धको आवाजका साथै प्रेमको कथा बोल्छ ।

जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा हुन् भने निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा रहेका छन् । चलचित्रको द्वन्द्व शंकर महर्जनले निर्देशन गरेका हुन् । यो चलचित्रमा भरपुर मनोरञ्जन पाइने निर्देशक महर्जन बताउछन् । शिब ढकाल र रामशरण उप्रेतीले खिचेको फिल्ममा कमल राई, कबिराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।