भदौ, काठमाडौं । दुई पात्र अमर र पुर्णिमा, यि दुई एकअर्कामा असाध्यै माया गर्दथे । एकअर्कामा चोखोमाया गर्ने यो जोडि अहिले अलग भएको छ । पुर्णिमाले अमरलाई छोडेर अर्कैलाई माया गर्न थालेपछि अमर मर्नु न बाँच्नु भएका छन् ।
प्रसंग हो एक आधुनिक गितको । परेली फिल्मस्को प्रस्तुतीबाट सुरेश दाहालको स्वरमा रहेको तिमी नै मेरो भईनौ भने बोलको गित सार्वजनिक भएको छ । राजेन्द्र गोडारको शब्द र अर्जुन थापा मगरको संगितमा उक्त गित बजारमा आएको हो । जसलाई निर्देशक मिलन कार्कीले निर्देशन गरेका छन् भने भिडियो क्यामेरा मेन सागर गौतमले खिचेका हुन् । भिडियोमा अमर थापा र पुर्णिमा लामाको अभिनय रहेको छ ।
यसैबिच गितका निर्देशक मिलन कार्कीले नवकलाकारलाई लिएको र नवकलाकार हुँदा गाह्रो हुने तर नवकलाकार भएपछि राम्रो सँग बुझेर आउँनुभयो भने राम्रो गर्न सकिने बताउँछन् । निर्देशक कार्कीले नवकलाकार भएपनि सिकेर र यो क्षेत्र बुझेर आउँन सबैलाई आग्रह समेत गरे । त्यस्तै हामीले गितका मोडल अमर थापासँग पनि केहि कुरा गर्यो, नयाँ हुँद कस्तो अनुभव हुँदो रहेछ त ? सुरुमा नबुझ्दा गाह्रो त हुन्छ नै तर पनि निर्देशक मिलन सर, क्यामेरा मेन सागर सर लगायतको टिम हुँदा मलाई अझ सजिलो भएको छ ।
यसैगितको सुटिंग रिपोर्ट हेरौं ।