मौलिक चलचित्र ‘पंचायत’

फागुन, चितवन ।

चलचित्र ‘पंचायत’ टिम यतिखेर चितवनमा पुगेको छ । आउँदो चैत २ गतेबाट देशभरीका १ सय बढी हलहरुमा प्रदर्शन हुने तयारीमा रहेको यो चलचित्रको निर्माण तथा कलाकार टिम प्रचारप्रसारको क्रममा चितवन पुगेको हो । यसैक्रममा बिहिबार चितवनको भरतपुरमा पत्रकार सम्मेलन गर्दै पंचायत शासन व्यवस्थाका बेला एउटा गाउँको सामाजिक विषय र न्याय प्रणालीलाई आधार बनाएर चलचित्र निर्माण गरिएको जानकारी दिइयो । चलचित्र ‘पंचायत’ मौलिक र अर्गानिक चलचित्र भएकोले दर्शकको मायाँ पाउनेमा विश्वस्त रहेको निर्माण टिमले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका मुख्य कलाकार नायक सरोज खनालले वर्षौ–वर्षसम्म अर्काईभ (अभिलेख) गरेर राख्ने खालको चलचित्र बनेको भन्दै चलचित्र हेर्न दर्शकलाइ अनुरोध गरे । ‘चलचित्र ‘प्रेमपिण्ड’ मन पराउने दर्शकले पंचायत झन् हेर्नुपर्छ, खनालले भने, एउटा कालखण्डको छाउपडी प्रथा र न्याय प्रणालीको कस्तो थियो? त्यो यसबाट प्रष्ट हुन्छ ।’ उनका अनुसार पहिले च्यारिटी सोमा देखिएको भन्दा फरक रुपमा पंचायत आउन लागेको छ । नायिका नीता ढुंगानाले उक्त चलचित्रले अमेरिका भएको फिल्म फेष्टिवलमा विश्वका २ सय १६ वटा चलचित्रलाई उछिनेर उत्कृष्ट अवार्ड पाएकोमा खुसी व्यक्त गर्दै कथामा मौलिकपन र आफ्नोपन भएको उल्लेख गरिन् । नायिका ढुंगानाले उक्त फेष्टिबलमा उत्कृष्ट नायिकाको अवार्ड समेत पाएकी थिईन्। ‘अवार्ड पाउनु मेरा लागि र नेपालकै लागि गौरवको कुरा हो, ढुंगानाले पत्रकारबीच भनिन्, गर्व गर्न लागक फिल्म बनेको छ । चलचित्रमा उनी १४ वर्षकी किशोरीको भूमिकामा छिन्। चलचित्रका लेखक तथा निर्देशक शिवम् अधिकारीले निकै लामो समयपछि नेपालमा अर्गानिक चलचित्र ‘पंचायत’ बनेको दावी गरे । सातवर्ष अघि तयार भएको स्क्रिप्टले पूर्णता पाएकोमा उनले खसी व्यक्त गरे ।

चलचित्रका निर्माता गणेश गिरीले अहिलेसम्म चलचित्र हेरेका दर्शकले मनपराएको उल्लेख गर्दै भने, ‘दर्शकले माया दिनेमा ढुक्क छु ।’ गिरीले सबै कलाकारको उत्तिकै मेहनत परेको र मुख्य कलाकारले पैसा समेत नलिएकाले यो चलचित्र सबैको साझा भएको बताए । पत्रकार तथा चलचित्रका कार्यकारी निर्माता रवि अधिकारीले चलचित्रको कथाबस्तु उत्कृष्ट लागेकाले लगानी गरेको प्रतिक्रिया दिए । अहिलेको पुस्ताले हेर्नैपर्ने चलचित्र बनेको अर्की नायिका जाहान्वी बस्नेतको प्रतिक्रिया छ ।

चलचित्रका अर्का निर्माता शुसान्त श्रेष्ठका अनुसार उक्त चलचित्रको विहिवार हेटौंडामा च्यारिटी सो हुँदै छ भने फागुन २५ गते काठमाडौको कुमारीहलमा राजनीतिक नेता, बरिष्ठ कलाकार, पत्रकार, उद्योगी तथा विशिष्ट व्यक्तिहरुको सहभागितामा प्रिमियर सो हुँदै छ । शंकर सुवेदीको पनि लगानी रहेको चलचित्रमा रुपा राना, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठको समेत अभिनय छ ।