नेप्टे ट्रेलरः भिलेन भएर आए दयाहाङ (भिडियो)

...

<pre style="text-align: justify; "><b>फागुन, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> चलचित्र ‘नेप्टे’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा अभिनेता दयाहाङ राई खलनायकको भूमिकामा देखिएका छन् नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङ्गको प्रेममा दयाहाङ बाधन बनेको देखिन्छ । सोमबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स, एक्सनको कथा देखाउन खोजिएको छ । ट्रेलर कमेडी संवादले भरिएको छ । ए गुरुङ, वुद्दि तामाङ लगायतका कलाकारले ट्रेलरमा खुबै हसाएका छन् ।&nbsp;&nbsp;</p><p style="text-align: justify; ">फिल्म देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । किरण माइकलको पटकथा एवं संवाद रहेको चलचित्रमा रोहित आफैंले कथा लेखेका छन् । कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरी घले लामाले खिचेका हुन् । चलचित्रमा पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्र चैत ३० गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ ।&nbsp;</p>