बुद्धको पहिलो गजल गीत

चैत, काठमाडौं ।

नेपालको ठुलो गायन रियालिटी शो ‘नेपाल आइडल’ बिजेता बुद्ध लामाले पहिलो गीत बजारमा ल्याएका छन् । बुद्धले पहिलो गीती कोसेली स्वरुप गजल गीत गाएका हुन् । अमेरिकामा बसोबास गरिरहेका गजलकार सुरेश वाग्लेद्वारा रचना गरिएको ‘तिमी साथ भएपछि…’ शीर्षकको गजलमार्फत गायक लामा दर्शकमाझ आएका हुन् । गीतको भिडियोपनि निर्माण भएको छ जसमा चर्चित मोडल पल शाह र आँजल शर्मा फिचरिङ छन् ।  भिडियो अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।

हरि लम्सालद्वारा संगीतबद्ध उक्त गजललाई गोपाल रसाईलीले संगीत संयोजन गरेका हुन् । चन्द्र चौधरीद्वारा मिक्सिङ तथा मास्टरिङ गरिएको उक्त गीत अकेष्टिक नेपालमा रेकर्ड गरिएको हो ।

उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । भिडियोमा सुरेन बसेलको कोरियोग्रँफी छ । गजलकार सुरेश वाग्ले गायक शिव परियारको सांगीतिक जीवनको पहिलो गजल ‘जति बिस्र्यो तिम्रो याद…’ का रचनाकारको रुपमा समेत चिनिन्छन् ।