यहि २८ गते बालाजुमा हुँदैछ ‘बृहत तिज महोत्सव’ (कलाकारहरुको नामावली सहित)

...

भदौ २२, काठमाडौं ।  यहि आउँदो भदौ २८ गते काठमाडौंको बालाजुमा ‘बृहत तिज महोत्सव’ हुनेभएको छ । नारीहरुको महान चाड हरीतालिका तिजको अवसरमा नेपाली गीत संगीतको उत्थानका लागि समर्पित संस्था ‘राष्ट्रिय संगितकर्मि संघ’ले सो कार्यक्रम आयोजना गर्ने भएको हो । कार्यक्रममा नेपालका चर्चित कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । कार्यक्रममा बालाजी पार्टि प्यालेस बालाजुमा हुने छ ।

teej program

फाईल तस्बिर

दिउँसो १ बजे देखि साँझ ६ बजेसम्म हुने उक्त कार्यक्रममा नेपालकै चर्चित करिब दुई दर्जक कलाकारहरुको धमाकेदार प्रस्तुती रहने कार्यक्रमका संयोजक एवं कलाकार रमेश दुलालले आर्टिस्ट खबरलाई बताए । पछिल्लो समय चर्चामा रहेका गायक प्रकाश कटुवालको पनि बिशेष प्रस्तुती रहने संयोजक दुलालले बताए । गायक कटुवाल पछिल्लो समय कनाईदेउ न बाई, चोर बिरालो पल्क्यो, ढाडे बिरालो जस्ता चर्चित गितका गायक हुन् । त्यस्तै गायिका श्री देवी देवकोटाकोे पनि प्रस्तुती रहनेछ । उनले पनि गायक कटुवालको साथमा थुप्रै चर्चित गित गायकी छिन् । साथमा चर्चित गायक बिरही कार्कीको पनि धमाकेदार प्रस्तुती रहने जनाईएको छ । नेपाली गितंगित क्षेत्रमा थुप्रै गितगाईसकेका गायक बिरही कार्कीको पछिल्लो समयको गित जुनकीरी चर्चित छ ।

sangit-karmi-sangh

राष्ट्रिय संगितकर्मि संघका पदाधिकारी हरु/ फाईल तस्बिर

कार्यक्रममा गायक गायिकाको साथमा चर्चित डान्सरहरुको नृत्यपनि देख्न पाईनेछ । चर्चित डान्सर श्रेया गुरुङ्ग, लक्ष्मि कोइराला, रुबिना आचार्यको नृत्यपनि रहनेछ । कार्यक्रममा महिलाहरुको लागि दरखाने कार्यक्रम पनि रहेको संयोजक दुलालले जानकारी दिए । समाजसेवी धनकुमारी थापा (सरु)को जुनकिरी दोहोरी साँझ, दरबारमार्गको तर्फबाट उपस्थित सम्पुर्ण महिलाहरुको लागि दरखाने कार्यक्रम राखिएको बताईयो । समाजेवी थापाले बिगत लामो समय देखि जुनकिरी दोहोरी साँझ चलाउँदै आएकि छिन् । साथै जुनकिरी दोहोरी साँझ कि डान्सर श्रेया गुरुङ्गको पनि नृत्य रहेको छ । कार्यक्रममा डेढ सय भन्दा बढि चराचुरुङ्गीको आवाज निकाल्न सक्ने कलाकार रमेश दुलाललको पनि बिशेष प्रस्तुती रहनेछ ।

कार्यक्रममा सहभागि हुने कलाकारहरुको नामावली यसप्रकार रहेको छ ।
गायक/ गायिका तर्फ
१. प्रकाश कटुवाल
२. श्री देवी देवकोटा
३. बिरही कार्की
४. रेशम थापा
५. नवराज घोराशैनी
६. सरिता कार्की
७. सिर्जु अधिकारी
८. पार्वती कार्की
९. कला बस्नेत
१०. श्रीराम पौड्याल
११. किसन गाहा मगर
१२. बर्षा बिरही
१३. चिआ लामा
१४. उमा श्रेष्ठ
१५. राजेन्द्र कु. कार्की
१६. भावना आचार्य
१७. दीपा राई

नृत्य तर्फ
१. श्रेया गुरुङ्ग
२. लक्ष्मि कोइराला
३. रुबिना आचार्य

फरक प्रस्तुती
रमेश दुलाल (डेढ सय भन्दा बढि चराचुरुंगीका आवाज निकाल्न सक्ने कलाकार)