यसपालीको तिजमा लोकदोहोरीका कलाकारहरु को कहाँ जादैछन् ?

...

भदौ २३, काठमाडौं । नेपाली कलाकारको लागि तीज एउटा महत्वपूर्ण पर्बको रुपमा रहेको छ । बर्षभरी हुने गरेका बिभिन्न कार्यक्रममा गएर आफ्नो सहभागीता जनाउदा भन्दा तीजको कार्यक्रममा सहभागीता जनाउदा कलाकारलाई मनग्य फाईदा हुने गरेको छ । देशभित्र हुने कार्यक्रम भन्दा पनि देश बाहिर बिदेशमा हुने कार्यक्रममा हाम्रा कलाकारको मोह निक्कै हुने गरेको छ । सोही अनुरुप यसपालीको तीजमा आफ्नो प्रस्तुती दिन बिदेश भ्रमणमा कलाकारको जाने क्रम सुरु भईसकेको छ । नाम चलेका र ख्याती कमाईसकेका गायक र गायिकाको बिदेश भ्रमणले गर्दा नेपालमा हुने कार्यक्रममा नयाँ कलाकारले स्थान पाउने पक्का देखिएको छ । यसपटकको तीजमा पनि थुप्रै नयाँ कलाकारहरु यो क्षेत्रमा आएकाछन । अब कुरा गरौ यसपटक कुन कुन कलाकार कहाँ कहाँ जादैछन तीजका कार्यक्रममा ।

pasupati sharma and debika
तीज लगायत अन्य कार्यक्रमको शिलशिलामा बिदेशका थुप्रै देश पुगिसकेका गायक तथा तीजे नायक पशुपती शर्मा यसपटकको तीजमा क्यानडा जादै छन । शर्माको तीज क्यानडामा बित्दै छ र उनिसङै गायिका देबिका के.सीको पनि यसपटकको तीज तेतै बित्दै छ । शर्मा रे के.सी स्टेज कार्यक्रममा दर्शकलाई भरपुर मनोरन्जन दिलाउनमा खप्पिस छन । सर्जक शर्मा सामाजिक यथार्थ र वास्तबिकताका गीत निर्माण गरी गाउदै दर्शक श्रोताको मन मुटुमा बस्न सफल भईसकेकाछन । शर्माले यसपटकको तीजमा ९ वटा गीत अलग अलग गायिकासँग सहकार्य गर्दै बजारमा प्रस्तुत गरेकाछन । क्यानाडा निवासी नेपाली समुदायको निमन्त्रणमा क्यानाडामा रहेका नेपाली चेलीलाई संगीतमा भरपुर आनन्दको अनुभूति दिन केसी र शर्मा क्यानडा जान लाहेका हुन । २०७२ सालको तिजको कोसेली स्वरुप गायिका केसिले ४ ओटा गीतमा स्वर दिइसकेकी छन भने उनको आफ्नै प्रस्तुती रहेको “लडाउने पनि पैसो, मिलाउने पनि पैसो” बोलको गीत अहिलेको तीजमा लाखौ श्रोताहरुले मन पराईरहेका छन ।

पछिल्लो समयमा चर्चा बटुल्न सफल गायक खुमन अधिकारी र गयिका रमिला न्यौपानेले तीजको ३ दिन अघी सेप्टेम्बर १३ तारिखको दिन दिल्लीमा प्रवाशी नेपाली प्रेरणा समितिले आयोजना गरेको तीज महोत्सव २०७२ मा आफ्नो प्रस्तुती दिने छन । पछिल्लो समयमा रमिला र खुमन को स्वरमा सजिएको गीत ‘मेरो त माया ले काठमाडौं मा ट्याक्सी चलाउने’चर्चा बटुल्न सफल भएको छ । प्रवासमा तीज महोत्सव भइ रहेको बेला बेसाहारा र बेवसलाई साहारा दिनु नै हाम्रो मुल उद्देश्य हो भदै प्रेरणा समितिले महिलाहरुको महान चाड हरितालिका को अवसर परेर कार्यक्रमको आयोजना गरेको हो । गायक खुमनले केही समय अघी कतारको कार्यक्रम सकेर नेपाल फर्केका हुन ।

khuman ramita
युरोप लगायत खाडी मुलुकका थुप्रै देशमा हुने यस्ता तीज बिशेष कार्यक्रमले कलाकारको ब्यस्तता निकै बढाएको छ । जसअनुरुप कलाकारलाई राम्रो सहयोग पुग्ने पनि गरेको छ । खाडी मुलुक अन्तर्गत नेपालीको बाक्लो उपस्थिती रहेको संयुक्त अरब इमिरेटस (युएई)मा यसपटकको तीजमा थुप्रै कलाकारले आफ्नो प्रस्तुती दिने भएका छन । बिभिन्न संघ संस्थाले आयोजना गर्न लागेको थुप्रै कार्यक्रममा धेरै कलाकारको उपस्थिती रहने छ । अघिल्ला बर्ष जस्तै यसपटक पनि युएईमा थुप्रै तीज बिशेष कार्यक्रम हुँदैछन । कार्यक्रमकै निम्ती नेपालबाट चर्चित कलाकारको उपस्थिती समेत रहनेछ । कलाकार आउने क्रम सुरु भईसकेको छ ।

नेपालबाट आउने कलाकारमध्य गायक कुलेन्द्र विश्वकर्मा र गायिका रमिला न्यौपानेले आफ्नो प्रस्तुती दिएर नेपाल फर्किसकेका छन । यसपटकको तीजमा खुमन अधिकारी ,रामजी खाँण,मन्जु पौडेल,कृष्णा गुरुङ,सरिता कार्की,जानकी तारमी मगर,मिना अधिकारी,उमा गिरी लगायतका कलाकारले युएईको नेपाली समुदायमा तीज बिशेष बनाउने भएका छन । कतिपय कलाकार युएईका कार्यक्रम सकेर अन्य मुलुक जानेछन भने कती नेपालमा हुने बिभिन्न कार्यक्रममा सहभागीता जनाउदै छन ।

muna thapa

थुप्रै मौलिक र लोकप्रिय दोहोरी तथा तीज गीत गाएकी गायिका मुना थापा मगरको तीज भने मलेसिया र बहराईनमा आयोजना हुने विभिन्न कार्यक्रममा बित्ने भएको छ । यो बर्षपनि मुना अघिल्ला बर्षमा झैं तिजका गीत रेकर्डिङ गर्नमा निकै व्यस्त बनिन् । यस बर्ष उनको आवाजमा ११ वटा तीजका गीत बजारमा आएका छन् । मुनाको तीज रोजगारिको शिलशिलामा परदेशमा बसिरहेका नेपालीसँग बित्ने भएको छ ।

यसपटकको तीजमा थुप्रै कलाकारको जापान जाने कार्यक्रम पनि रहेको छ । नेपाली लोक दोहोरिको जगतमा ख्याती कमाइसकेकी गायिका देबी घर्तीको तीज जापानमा बित्ने भएको छ । गायिका घर्तीसँगै अर्की गायिका चन्दा अर्यालको पनि यसपटक जापानको कार्यक्रममा जाने अवशर मिलेको छ । गायिका घर्ती र चन्दासङै अन्य थुप्रै कलाकारले जापानमा नेपाली दर्शकका माझ आफ्नो प्रस्तुती दिनेछन ।

नेपाली महीलाहरुको महान चाड हरितालिका तीजको अवसरमा दुई दीवसीय तीज फेस्टीवल २०१५ अन्तराष्ट्रीय नेपाली समाज जापान र टोकीयो स्थीत नेपाली महीलाहरुको समूह “म नेपाली ग्रुप ” को संयुक्त आयोजनामा भव्य रुपमा आयोजना हुने भएको छ ।

“फुटेर होईन जुटेर जाउ,सामाजिक सदभाव र मेल मीलाप क़ायम राखौ” भन्ने भावनाका साथ बीदेशी भुमीमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपालकी चर्चित गायिका लक्ष्मी न्यौपाने,सफल गायिका तथा उद्घोषिका शोभा त्रिपाठी ,चर्चित गायक शीरीष देवकोटा र चन्दा अर्यालको विशेष प्रस्तुती रहने अन्तराष्ट्रीय नेपाली समाज जापानले जानकारी दीएको छ । रामजी खाँण,अमृता लुङगेली मगर, निता पुन मगर र सिन्धु मल्ल यसपटकको तीजमा जापानमा रहनेछन ।

japan_prgm
तेस्तै वरिष्ठ लोक गायक पुरुषोत्तम न्यौपाने हरितालिका तिजको अवसरमा जापानबासी नेपाली दिदीबहिनीहरुलाई छमछमी नचाउन पहिलो पटक जापान जादैछन् । न्यौपानेलाई जापान आउने अवसर भने स्याङजा समाज जापानले जुराई दिएको छ । कार्यक्रममा न्यौपानेसँगै गायिका शान्ति सुनुवारको समेटा प्रस्तुती रहनेछ ।

तेस्तै पछील्लो समय प्रकाश कटुवालको ढाडे बिरालो बोलको गीतमा अभिनय गरेर बिबादित हुँदै चर्चाको शिखरमा पुगेकी गायिका ज्योति मगरले पनि यसपाली तीज बिदेशमै मनाउने भएकी छिन । ज्योतिले यसपटकको तीजमा म त ‘नाच्नी हो रातो साडीमा’ बोलको गीत बजारमा प्रस्तुत गरेकी छिन । तेस्तै गायक बद्रि पंगेनी भने यसपाली तीजमा अमेरिकामा रहनेछन । तर हरेक तिजमा चर्चा कमाउदै आएकी गायिका कोमल वली भने अमेरिका जान पाईनन । बद्री पंगेनीसङै अमेरिकाको बिभिन्न स्थानमा कार्यक्रमको लागि आयोजकले बोलाँउदा बोलाँउदै पनि भिसाको समस्याले गर्दा वली अमेरिका जान सकिनन ।

गैर आवासीय नेपाली संघ रसियाको सातौ राष्ट्रिय अधिवेसन र तीज बिशेष सान्स्कृतिक कार्यक्रमको निम्ती बहुचर्चित लोक गायक बिमलराज क्षेत्री र गायिका रितु थापा अहिले रसियामा रहेका छन । सेप्टेम्बर ९ तारिख आफ्नो अन्तिम प्रस्तुती सकेर दुबैजना ११ तारिख नेपाल आउँदैछन र नेपालमा पनि थुप्रै कार्यक्रम रहेको गायक क्षेत्रीले जानकारी गराएका छन ।

तेस्तै अर्की गायिका राधिका हमाल जो हरेक तीजमा बिदेश जाने गर्थिन तर यसपटक भने नेपालमै हुने छिन । तीजको समयमा निकै ब्यस्त रहने गायिका हमाल स्टेजमा दर्शकलाई भरपुर मनोरन्जन दिलाउनमा पछी हट्दिनन ।

उनी स्टेज चड्ने बित्तिकै दर्शकको ताली र हुटिङ निक्कै हुने गर्दछ । राधिका हमालको प्रस्तुतिबाट दर्शकले छुट्टै मनोरन्जन पाउने गरेकाछन । अझ उनको हसाईले दर्शकलाई झनै आनन्दित बनाउने काम गर्छ । हमाल यसपालिको तीज परिवारसँग मनाउने भएकी छिन । उनी अहिलेको तीजमा नेपाल भित्रैका बिभिन्न कार्यक्रममा ब्यस्त हुने भएकी छिन । तीज लगत्तै भने हमाल कार्यक्रमको लागि कोरिया र हङ्कङ जाने तयारीमा छिन । तेस्तै ठ्याक्कै तीजकै दिन हाम्रो स्वाभिमान ट्रस्टको आयोजनामा भारतको नयाँ दिल्लिमा हुने हरितालिका तीज महोत्सब-२०७२ मा गायिका टिका पुन,सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपानेले प्रस्तुती रहने छ ।tika pun

गायक सन्दिप न्यौपाने, गायिका टिका पुन र सहिमा श्रेष्ठले पटकको तीजमा दर्शकको मनमा बस्न सफल प्रस्तुती बजारमा प्रस्तुत गरिसकेका छन । त्यस्तै चर्चित लोक गायिका कला पंगेनीको यसपालिको तिज नयाँदिल्लीको कार्यक्रममा सहभागीता रहनेछ । गायिका पंगेनीले तीज पर्ब २०७२ को उपलक्ष्यमा नया गीत “सादा जिवान उच्च बिचार “सार्वजानिक गरेकी छिन ।

तीज बिशेष कार्यक्रमका लागि कलाकार सो देशमा जाने क्रम सुरु भईसकेको छ । कतिपय त्यहाँ पुगिसकेका छन भने कतिपय जाने तयारीमा पनि छन । यसरी बिभिन्न चाड पर्बका अवशरमा बिदेशमा हुने कार्यक्रमले कलाकारलाई फाईदा त छदै छ तेस्बाहेक पनि सो देशमा रहने नेपालीलाई पनि आफ्नो झल्को मेटाउने गर्दछ । जस्का कारणले गर्दा पनि आयोजकले यस्ता मनोरन्जनात्मक कार्यक्रमको आयोजना गर्ने गरेको बताउछन । कलाकारको आम्दानिको बलियो श्रोत भनेको स्टेज कार्यक्रम नै हो तेस्मा पनि अझ बिदेशमा हुने कार्यक्रम । तेसैले पनि बिदेशका कार्यक्रममा जानको निम्ती कलाकारको प्रतिस्पर्धा नै हुने गरेको छ । तर यस्ता कार्यक्रममा नयाँ कलाकारले भने तेती पालो पाएको देखिएको छैन । हरेको जसो कार्यक्रममा चलेका कलाकारको उपस्थिती बाक्लो हुने गरेको छ । चलेका कलाकार बिदेश जादा नेपालमा नव प्रतिभाले स्थान पाउने गरेकाछन । जसकारणले नयालाई पनि केही फाईदा हुने गरेको छ ।

-कमल न्यौपाने बाट ।