को हुन् मिस नेपाल २०१८ श्रीङ्खला खतिवडा

चैत, काठमाडौं ।

‘मिस नेपाल २०१८’ को उपाधि हेटौडाकी श्रीङ्खला खतिवडाले जितेकी छन् । राजधानीको अन्नपुर्ण होटलमा बुधबार राति भएको प्रतियोगिताको फाइनलमा निर्णायकको अन्तिम प्रश्नको जवाफ दिदैं खतिवडाले मिस नेपालको ताज पहिरिएकी हुन् । उनलाई प्रतिस्पर्धाका प्रमुख निर्णायक गोविन्द गजुरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला ?’ भन्ने प्रश्न गरेका थिए । त्यसैमा उत्कृष्ट जवाफ दिँदै ताज जितेकी हुन् । उनलाई मिस नेपाल २०१७ निकिता चाण्डकले ताज पहिर्याइदिएकी थिइन् ।

उनले मिस नेपालसहित पपुलर च्वाइस र मिस फ्यासिनोको पनि उपाधि जितिन् । यस्तै, मिस नेपाल यूनिभर्स र मिस ग्ल्यामरको उपाधि गोरखाकी मनिता देवकोटाले जितिन् । मिस नेपाल अर्थको ताज जितेकी काठमाडौंकी प्रिया सिग्देलले मिस ब्यूटीको पनि उपाधि हात पारिन् । मिस नेपाल इण्टरनेशनल र मिस ट्यालेन्ट काठमाडौंकै रोनाली अमात्य चुनिइन् । मिस कन्फिडेन्स भक्तपुरकी आस्था शाख भइन् ।

को हुन् मिस नेपाल श्रीङ्खला खतिवडा ?

श्रीङ्खला खतिवडा हेटौडाकी हुन् । हाल उनी परिवारसहित हाल ललितपुरको थल्सीखेलमा बस्छिन्। ५ फिट ६ इञ्चकी शृङ्खला कलेज टपर समेत हुन्। उनी पुल्चोक इन्जिनियरिङ कलेजकी आर्किटेक्टकी विद्यार्थी हुन्। उनलाई लेखनमा समेत रूचि छ। पुस्तक प्रकाशन गर्ने उनको लक्ष्य रहेको छ। उनको एक भाइ रहेका छन् । श्रीङ्खला एमाले नेता तथा सांसद बिरोध खतिवडाकी छोरी हुन् भने आमा मुनु सिग्देल नेकपा एमाले मकवानपुरको जिल्ला अध्यक्ष हुन् ।