<pre style="text-align: justify; "><b>बैशाख, मुम्बई (एजेन्सी) । </b></pre><p style="text-align: justify; ">बलिउड अभिनेता टाइगर श्राफले सानै उमेरमानै बलिउडमा सफलता हासिल गर्न सफल भएसँगै चर्चा चुलिएको छ । पछिल्लो समय प्रर्दशनमा आएको चलचित्र ‘बागी २’ ले दर्शकको राम्रो प्रतिक्रिया पाउनुका साथै वक्सअफिसमा सर्वाधिक हिट हुन सफल भएको छ । टाइगरका बुवा ज्याकी श्राफले छोराको यस प्रगतिबाट आफू निकै प्रभावित भएको र गौरव महशुस गरिरहेको कुरा बताए ।<br></p><p style="text-align: justify; ">अहिलेको समयमा ज्याकी श्राफ उसको नामको अलवा टाईगरको बुवा भनेर चिनिने गर्दछन् । उसले भनेका छन् ‘म उसलाई सदभाव र माया देखाउने सबैप्रति आभारी छु। उनीहरूले मेरो सानो केटालाई माया गरेका छन ।’ ‘हिरोपन्थी’ , ‘बागी’ तथा ‘बागी २’ जस्ता हिट चलचित्रको सफलताले बलिउडमा टाइगरलाई पछिल्लो पुस्ताका पैसा कमाउन सक्ने कलाकारका रूपमा उभ्याउन थालेको छ।</p><p style="text-align: justify; ">‘बागी २’को रिलिज अघि चलचित्र कस्तो हुने हो भनेर अत्यन्त चिन्तित रहेको कुरा ज्याकी श्राफले बताए । किनकी टाइगर अभिनित अघिल्ला चलचित्र ‘फ्लाइङ जट’ तथा ‘मुन्ना माइकल’ वक्सअफिसमा फ्लप भएका थिए। तर ‘बागी २’ ले भने हालसम्म विश्वव्यापीरूपमा २ सय ४३ करोड भारू कमाउन सफल बनिसकेको छ। ‘बागी २’ सफल भएपछि मात्र छोरा टाइगर राम्ररी सुतेको कुरा ज्याकीले खुलासा गरे। उसले आफ्नो छोराको चलचित्र सफल बनाउन सहयोग गर्नै सबै दर्शक तथा टाईगरका फ्यानहरुलाई धन्यवाद दिएका छन् ।</p>