अमेरीका पुगेका निर्देशक प्रशन्नलाई नेपालमै भएजस्तो लाग्यो

...

भदौ २६, वाशिंगटन डिसी । चलचित्र तथा मनोरंजन क्षेत्रमा १ हजार भन्दा ज्यादा भिडियोमा निर्देशन दिई सकेका नेपालका स्थापित निर्देशक प्रशन्न पौड्याल अमेरिकाको बिभिन्न शहरको घुमघाममा व्यस्त छन । वाशिंगटन डिसी स्थित नेपाली राजदुताबासमा कुराकानी गर्दै आफ्नो पेसामा ४ सय जति भिडियोको निर्देशन गरे पछि अरु गन्न छोडेको बताए र लगभग १२ बर्ष देखि निरन्तर साधनामा लागेको बताए ।

उनि अमेरिकाको नेप्लिज एशोसियसन अफ साउथ इष्ट अमेरिका (नासा) र मध्य एशोसियसन अफनेप्लिज इन मिडिल वेष्ट अमेरिका एन्माको सम्मेलन तथा अक्टोबरमा सियाटल चलचित्र महोत्सवको लागि अमेरिका आएको बताए ।

director prasanna paudelउनले अगाडी भने मेरो चलचित्र सियाटलमा हुन् गइ रहेको चलचित्र महोत्सवमा मेरो चलचित्र प्रदर्शन हुने भएकोले त्यो काम पनि लिएर आएको हुँ । आफुले कलाको क्षेत्रमा सुरुवात् रंगमंच बाट अभिनय गरेको बताए । मैथिली नाटकमा बाल कलाकारको प्रतिनिधित्व गर्दै नेपालको तर्फ बाट पटनामा भएको अन्तर राष्ट्रिय प्रतिस्प्रद्धामा २८ देशको सहभागीतामा आफु पुरस्कृत भएको ईतिहास पौड्यालले सुनाए ।

कुराकानीको क्रममा आफुले नया कलाकारहरुलाई अवसर दिएको छु पौड्यालले भने । म समेत लगाएर हामी तीन पुस्ते नै संगीत ,नृत्य ,नाटक ,कला ,संस्कृति तथा मनोरंजन क्षेत्रमा लागेको बताए ।

उनले थुप्रै पुरस्कार हात पारी सकेको बताउदै आफुले झट्ट सम्झदै ईमेज अवार्ड , कालिका एफ एम बाट ४ बर्ष लगातार पुरस्कृत , बिन्दा बसिनी पुरस्कार तथा अन्य पुरस्कार प्राप्त गरि सकेको जानकारी दिए ।

उनले भने शिव परियारको क्या दामी भो चर्चित हुन् पुग्यो भने नेपालकी प्रख्यात नव गायिका इन्दिरा जोशी चौबन्धि चोली र रातो घंनग्रा निकै चर्चाको शिखरमा रहेको बताए । यसै गरि आस्था बिको ,मलाई पुगेन पुगेन यो बैसले तथा राम कृष्ण ढकालले गएको पहाडको छुक छुके रेल आदि निकै चर्चित रहेको बताए ।

prassanna paudel
उनले निर्देसन गरेको पहिलो चलचित्र स्वर हो भने मेरो बेस्ट फ्रेन्ड , होक्से बिदेशी उत्सवको लागि बनाईएको चलचित्र रहेको बताए । गफिने क्रममा उनले भने आफुले अन्तर राष्ट्रिय चिनिया चलचित्र अप इन द विन्ड मा पनि मुख्य सहायक निर्देशकमा काम गरेको बताए । अमेरिका बाट लोभिए भन्दै धेरै साथी भाई ,मित्रहरु ,पत्रकारहरु तथा बिभिन्न वर्गका मानिस भेट्दा अमेरिकाको माहौल राम्रो लागेको बताए । आफु विदेशमा नभै नेपाल मै छु जस्तो लागेको बताए । र अमेरिकामा आएका नेपालीले आफुले चाहेको ईक्षा प्राप्त गरेको पाए भन्दै अमेरिकामा दुख चाही छ र दुख चै गर्ने पर्छ । नेपालमा पनि दुख छैन भन्ने हैन नेपालमा पनि दुख छ । देशको राजनैतिक अवस्थाले गर्दा काम गर्न गार्हो छ तर यहाँ त्यस्तो केहि छैन । अमेरिका साच्चै राम्रो लागेको बताए ।

-विजय थापा