भद्रगोलका पाँडे, जिग्री र बिलासेले गरे नेपाली राजनितिको दुबईमा गएर व्यंग्य

...

pade jigri and bilase of bhadragolभदौ, काठमाडौं । हिन्दु नारीहरुको महान पर्व हरितालीका तीज नजिकीदै जाँदा तीजसंग सम्बन्धित विभिन्न कार्यक्रमहरु देश तथा विदेशमा बाक्लै रुपमा आयोजना गरिएका छन् । तीजको रमझमले युएईलाई पनि छोडेको छैन । तीजकै अवसर पारेर युएईमा पनि विभिन्न समुहले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । यसैविच काईट् ईन्टरटेन्टमेन्टको आयोजनामा आयोजित तीज धमाका भव्यताका साथ सम्पन्न भएको छ । युएईका लागि नेपालका राजदुत धनन्जय झाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा आबुधावी स्थित अल नाहादा स्कुलको सभाहलमा आयोजना गरिएको थियो ।

kumar kattel and arjun ghimireनेपाली लोक दोहारी क्षेत्रकी चर्चित गायीका जानकी तरामी मगर त्यस्तै नेपाल टेलिभिजनको चर्चित हास्य टेलिसिरियल भद्रगोलका कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) को साथमा विलासी र रुन्चे गायक प्रकाश पौडेलले आफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रमको प्रमुख आकर्षणको रुपमा रहेका कुमार कट्टेल (जीग्रि) र अर्जुन घिमिरे (पाँडे)ले नेपाली समसामयीका राजनीतिलाई हास्यव्यंग्यात्मक ढंगबाट प्रस्तुत गरेका थिए ।

dubai teej program

कार्यक्रममा नेपालबाट आएका कलाकारहरुको साथमा युएईमा बसोवास गर्दै आएका स्थानिय कलाकार सुमन काउछा मगर, अमृत गुरुङ, कमल कार्की, मेनुका तामाङ, रुद्र थापा, विक्रम लामा, नम्रता लामा, विमला मगर, मन्जु बस्नेत लगायतले आफ्नो प्रस्तुति पस्केका थिए । निकै भव्य र सभ्य रुपमा आयोजित तीज महोत्सव काईट ईन्टरटेन्टमेन्टको पहिलो कार्यक्रम हो ।

कार्यक्रमलार्इ मुस्ताङ ट्राभल्स, एयर अरेविया, फिलिप्स, ग्रिनलाईन ट्राभल्स, काठमाण्डु सैलुन, काठमाण्डु प्यालेस रेष्टुरेन्ट, मामोज एण्ड मोर रेष्टुरेन्ट लगायतले सहयोग गरेका थिए ।काईट् ईन्टरटेन्टमेन्टका विकाश अधिकारीले यो कार्यक्रमको सफलताले भविष्यमा अन्य कार्यक्रमको आयोजना गर्न थप हौसला मिलेको बताए ।

janaki tarami magar

तस्बिर सौजन्यः दिपेन्द्र घिमिरे