वैशाख, काठमाडौ ।

चर्चित अभिनेत्री रेखा थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘मालिका’ को छांयाकन सुरु गरिएको छ । बालुवाटारबाट यस चलभित्रको छांयाकन सुरु भएको हो । यस चलचित्रका मुख्य सहायक निर्देशक नवराज आचार्यले पहिलो दिन रेखा र नर बहादुर कार्कीले बालुवाटारमा आउट डोर सट भएको जानकारी दिए । यस चलचित्रको छांयाकन काठमाडौमा १० दिन हुने, त्यसपछि कोहलपुर र जाजरकोट हुने छ ।

रेखाको आफ्नै कथा रहेको यस चलचित्रमा रेखा, नरबहादुर र जाजरकोटकी १४ वर्षिय बालिकाको मुख्य भुमिका रहेको छ । यो चलचित्र ब्यक्तिको सोच परिर्वतन गर्ने किसिमको छ । चलचित्रमा रामशरण उप्रेदीको छांयाकन रहेको छ भने सुरेश अधिकारीको संगित छ । ‘मालिका’ लक्ष्मीपुजा कात्तिक २१ गते प्रर्देशनमा ल्याउने तयारीमा रेखा जुटेकी छिन् । यस अघि रेखा थापाले ‘हिम्मवाली’, ‘काली’ लगायतका चलचित्र निर्देशन गरिसकेकी छिन् ।

तस्बिर स्रोतः रेखा थापाको फेसबुक