१३ किलो वजन घटाएर सिक्स प्याकमा हिरो भएर आए आर्यन

...

ke ma timro hoina ra filmभदौ, काठमाडौं । नयाँ फिल्म ‘के म तिम्रो होइनर’ का लागि नव नायक आर्यन अधिकारीले ६ महिना लामो तयारी पश्चात १३ किलो वजन घटाएर नायकको रुपमा डेब्यू प्रयाश गरेका छन् । आर्यनले ८३ केजी तौललाई ७० केजीमा झारेका छन् । फिल्म खेल्नकै लागि ५ फिट १० ईन्च अग्ला अनम्यारिड आर्यनले अमेरिकामा फिल्म मेकिङ तथा एक्टिङको ३ बर्षे कोर्ष समेत गरेका छन् । चलचित्रको छायांकन राजधानीबाटै सुरु गरीएको छ ।

निर्देशक आकाश अधिकारीले अन्य देशका कलाकारले यसरी नै मेहनत गर्ने भएकाले चलचित्र सफल भएको बताउँदै नायक आकाशलाई प्रशंशा समेत गरे । गएको सोमवार देखि छायाँकन सुरु भएको सो फिल्ममा आर्यनको साथमा नयाँ हिरोइन मरिस्का पोखरेल छिन् । साथमा अन्य कलाकारहरु गौरी मल्ल, मिथिला शर्मा, आकाश खवास, प्रज्वल गिरी, सविना गोपाली, सुरेन्द्र बसेल, रमेश अधिकारी, रीया श्रेष्ठ, विनोद केसीको पनि अभिनय रहने छ ।

तस्बिरः उत्सव रसाईलीबाट