सोनमले गरिन् आफ्नो बिवाह सम्बन्धी असन्तुष्टि भएको खुलासा, रणबीर र ज्याकलिन माथी आक्रोस

मुम्बई, एजेन्सी ।

बलिउड अभिनेत्री सोनम कपुरको बिवाह भएको करिब एक महिना भइसकेको छ । सोनमले दिल्लीका व्यवसायी आनन्द अहूजासँग बिवाह गरेकी हुन् । थुप्रै कलाकारहरुको उपस्थित रहि धुमधामका साथ बिवाह सम्पन्न भएको थियो । बिवाहमा खिचिएको अन्य सेलिब्रेटिको तस्बिरले सोसल मिडिया तातेकाले उनले यस सम्बन्धी कुरा गर्न बाँध्य भएको बताउँछिन् । त्यतिबेला सोनम लगायत पुरै कपुर खान्दान एकदम खुसी देखिएका थिए । तर अहिले भने सोनमले आफ्नो बिवाह सम्पन्न भएको तरिकासँग खुसी नभएको खुलासा गरेकी छिन् । सोनम आफ्नो ब्यक्तिगत मामला गोप्य राख्ने स्वभावकी छिन् । त्यसैले आफ्नो विवाहमा गोपनियता नअपनाइएको विषयमा उनले असन्तुष्टि व्यक्त गरेकी छिन् ।

हाल प्रर्दशनमा आएको उनको चलचित्र ‘वीरे दी वेडिङ’ को प्रोमोशनको क्रममा मिडियासँग कुराकानी गर्दै सोनमले भनेकी छिन्  ‘मेरा विशेष साथी र भाइ बहिनीले थुप्रै भिडियो बनाए र त्यसलाई सामाजिक संजालमा सेयर गरे ।मेरो बिवाहमा उपस्थित निकै कलाकार हरुले बिवाहको भिडियो सामाजिक संजालमा सेयर गरे । झन रणबीर र ज्याकलिनले त विवाहको लगभग पूरा भिडियो सामाजिक संजालमा  लाइभ गरिदिए र अन्य गेष्टहरुले पनि उनीहरुलाई साथ दिइरहेका थिए । विवाहमा लुकाउनुपर्ने कुरा त खासै केही थिएन तर पनि जब हामी गोपनियताको कुरा गर्छौं तब मेरो बिवाहमा गोपनियताको ग पनि छुपेन यसबारे किन बिचार गरेनन् मेरो गेष्टले किन यसबारे मेरा साथी भाइ, आफन्तले किन वास्ता गरेनन् ? ’

सोनम आर्य समाजको रितिरिवाजले, कम व्यक्तिहरुको उपस्थितीमा विवाह गर्न चाहान्थिन् तर बिवाह उनको इच्छा बिपरित भएको खुलासा गरेकी छिन् ।