पोष्टरमा ‘तिमी हुन्छौ जहाँ जहाँ’

जेठ,काठमाडौं ।

आगामी असार ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र  ‘तिमी हुन्छौ जहाँ जहाँ’ ले मंगलबार पहिलो पोष्टर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका दुई पोष्टरमा चलचित्रको चलचित्रमा मुख्य कलाकार फिचर छन् । एक पोष्टरमा मनिष सुन्दर श्रेष्ठ र मलिना बीचको प्रेम र स्वरुपपुरुष ढकाल बियोग दर्शाउँछ । यस्तै अर्को पोष्टरमा मनिष सुन्दर र मलिनाको सामिप्यतामा चरित्र अभिनेता रबी गिरी र स्वरुप पुरुष ढकाललाई तगारोका रुपमा उभ्याईएको छ ।

विवेक बस्याल निर्देशीत यो चलचित्रमा मनिष सुन्दर श्रेष्ठ, मलिना जोशी, स्वरुपपुरुष ढकाल, रबी गिरी, तमन्ना केसी, गीता अधिकारी, विश्व बस्नेत लगायतको अभिनय छ । वर्षा शिबाकोटी यो चलचित्रमा अतिथि भूमिकामा छिन् ।

प्रेमकथामा आधारित तिमी हुन्छौ जहाँ जहाँलाई पर्यटन मदन दवाडी सहित प्रकास बास्कोटा, डालचन्द्र दवाडी र हरिप्रसाद अधिकारीले निर्माण गरेका हुन् । यो चलचित्रमा रामशरण उप्रेतीको छायाँकन, कविराज गहतराजको नृत्य निर्देशन, अर्जुन पोखरेलको संगीत रहेको छ ।