जेठ , काठमाडौ ।

पछिल्लो समय प्रर्दशनमा आएको बलिउड चलचित्र 'पद्मावत'पछि यस बर्ष सलमान खानको चलचित्र 'रेस' थ्री सबैभन्दा हिट हुने अनुमान गरिएको छ । १ सय ६० करोड भारुमा बनेको यो चलचित्र प्रर्दशन अगाडीनै ब्लकबस्टर मानिँदै छ । यसैबीच हाल १ सय ६० करोड यस चलचित्रका लागि कलाकारले कति पारिश्रमिक लिए भन्ने कुरा निकै चर्चामा छ । तर निर्माता भने यसबारे चुपचाप छन ।

रेस थ्रीको कलाकारको पारिश्रमिकबारे जानकारी लिऔंः

रेस थ्रीमा सलमानले सबैभन्दा बढी पारिश्रमिक सलमानले पाएको अनुमान गर्न सकिन्छ । उनले चलचित्रको बजेटको ३५ प्रतिशत अमाउन्ट पाउने चर्चा छ । तर यति रकम भन्ने चाहिँ खुलासा भएको छैन । बताइए अनुसार सलमानले चलचित्रको प्रोफिट सेयर गरिरहेका छन् ।

सलमान पछि चलचित्रका लागि अनिल कपूरले बढि पारिश्रमिक लिएको बताइन्छ । बताइए अनुसार अनिल कपुरले पारिश्रमिकको रुपमा करिब ९ करोड भारु लिएका छन् । एक अन्तर्वार्तामा सलमानले पारिश्रमिकको खुलासा नगरेपनि उनले अनिल कपुरले बलिउडमा अमिताभको स्थान ओगट्ने बताएका थिए ।

त्यस्तै बबी देओलको बबी देओलले रेस थ्रीका लागि ७.५ करोड भारु पारिश्रमिक लिएको भन्ने खबरले निकै चर्चा बटुलिरहेको छ ।

ज्याकलिनले पनि निकै पारिश्रमिक लिएको चर्चा छ । धेरैजसो वेबसाइटको गसिप सेक्सनमा रेस थ्रीका लागि ज्याकलिनको पारिश्रमिक ८ करोड भारु बताएको छ ।

'रेस थ्री'बाट डेब्यू गरेका साकिब सलिमले पनि १.४ करोड भारु पारिश्रमिक पाएको कुराले चर्चा बटुलेको छ ।

नायिका डेजी शाहले ५।२ करोड भारु लिएको चर्चा छ ।

बताइए अनुसार फ्रेडी दारुवालालाई भने २ करोड भारु पारिश्रमिकको रुपमा दिइएको छ ।