असोज, काठमाडौं । चलचित्र वडा नं. ६ ले नयाँ इतिहास रचेको छ । गएको शुक्रबार बाट राजधानीका हलहरुमा प्रदर्शनमा उत्रेको वडा नं. ६ ले शनिबार साँझ सम्म एक करोड आम्दानी गर्न सफल भयो । यो चलचित्र मोफसलमा प्रर्दशन हुन बाँकी छ ।
शुक्रबार राजधानीका २४ वटा पर्दाहरुबाट प्रर्दशनमा आएको ‘वडा नम्बर ६’ ले शनिवार दर्शक अत्यधिक भएपछि ३१ वटा पर्दा पाएको थियो । शुक्रबार मात्रै २७ लाख ३५ हजारको ग्रस कलेक्सन गरेको थियो । शुक्रबार पनि दर्शकले हल हाउस फुल भएपछि टिकट नपाएको गुनासो गरेका थिए । त्यससँगै हलहरुमा शो थप गरीएको थियो ।
वडा नं. ६ ले गोपी कृष्ण मुभिजमा पनि नयाँ इतिहास रचेको छ । दुई ठुला चलचित्र एकैपटक गोपि र कृष्ण हलमा लागेको छैन । शनिबार हिन्दी फिल्मलाई हटाएरै वडा नं. ६ लगाउनु परको बताईएको छ । गोपीकृष्ण मुभिजका प्रबन्धक प्रदिप दाहालले भने, ‘यति धेरै मान्छे फिल्म हेर्न एकैपटक आएको मैले अहिलेसम्म देखेको छैन् । जे होस् फिल्मले हाम्रो हलमा नयाँ इतिहास कायम गरेको छ ।
चलचित्रमा हाँस्यकलाकारहरुको बाहुल्यता रहेको छ । कलाकारहरु दिपकराज गिरी , दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे, नीर शाह, दयाहाङ्ग राई, राजाराम पौडेल, सन्दिप क्षेत्री, विल्सन विक्रम राई लगायत को अभिनय रहेको छ । चलचित्रका कार्यकारी निर्माता निर्मल शर्मा ‘गैडा’ हुन् । चलचित्रलाई उज्जवल घिमिरेले निर्देशन गरेका हुन् ।