दोहोरी साँझको उद्घाटनमा राजेश पायल

असार, काठमाडौं ।

‘राई इज किङ’ भनेर चिनिने चर्चित गायक राजेश पायल राईले राजधानीको सुन्धारास्थित ‘गाउघर दोहोरी साझ’को उद्घाछटन गरेका छन् । बिभिन्न साङ्गीतिक कन्र्सटका लागी देश भित्र भन्दा बाहिर रहने राईले गएको शुक्रबार रिबन काटेसँगै उक्त दोहोरी साँझको शुभारम्भ भयो । युवा नेता तथा समाजसेवी पुर्ण गुरुङ उक्त दोहोरी साँझका सञ्चालक हुन् ।

उद्घाटन गरेपछि गायक राईले आफुलाई दोहोरी गीत मनपर्ने र धेरै दोहोरी गीत गाएको पनि बताए । ‘मैले सय वटा दोहोरी गीत गाइसकेको छु, पुर्व, पश्चिम तिर बज्ने दोहोरी भाकाहरु धेरै गाएको छु र धेरै गीत दर्शकले मन पनि पराउनुभएको छ, म दोहोरी गीतलाई पनि असाध्यै माया गर्ने मान्छे हुँ’, राईले भने । राईले दोहोरी साँझ उद्घाटन गर्दै गर्दा यसअघि आफुले दर्शक नमस्तो नामक रेष्टुरेष्ट सञ्चालनमा ल्याएको समयलाई पनि स्मरण गरे । ‘यसअघि मैले पनि रेष्टुरेष्ट सञ्चालनमा ल्याएको थिएँ । भूकम्पले संरचना भत्काइदिदा छाड्नु प¥यो । यस्तो ब्यावसायमा रुचि राख्ने मान्छे पनि हुँ’, उनले भने ।

गायक राईले हजारौं हिट गीत दिइसकेका छन् भने उनको बारेमा पछिल्लो समय बिद्यालयको पाठ्यक्रममा अध्ययन समेत हुन्छ । उनी नेपाली कलाकारहरु मध्ये सबैभन्दा बढी बिदेशको सांगितीक कार्यक्रममा जाने गायकहरुको लिष्टमा पनि पर्छन् ।