मुम्बई, एजेन्सी ।

बलिउड अभिनेत्री प्रियंका चोपडाको आफु भन्दा ५ बर्ष कम उमेरका हलिउड गायक निक जोनाससँगको प्रेम सम्बन्धले बलिउड निकै तातेको छ । यी दुई एक अर्कालाई डेट गरिरहेका छन् र उनीहरु निकै राम्रा जोडी हुन् । यिनीहरु एक अर्कामा एकदम रुची राख्छन् ।

तर प्रियंकाकी आमा मधु चोपडा भने यो समबन्ध प्रति त्यति खुलेकी छैनन् । केही समय अघि निक जोनाससँग प्रियंकाको बिवाहबारे मधु लाई प्रश्न गर्दा उनले भनिन् 'म प्रियंकाको बिवाह कुनै विदेशीसँग भएको कल्पना समेत गर्न सक्दिनँ ।'

केही दिन अघि जोनाससँग प्रियंकाकी आमा मधुले पहिलो भेटघाट गरिसकिन् । प्रियंकाको साथमा भारत पुगेको मौकामा निक जोनासले मधु चोपडासँग भेटघाट गरेका हुन् । तर मधुले भेटघाटमा जोनाससँग अन्य १० व्यक्ति पनि भएका कारण उनलाई राम्रोसँग बुझ्ने मौका नमिलेको बताईन् ।