सुन्दै आँखा रसाउने बिरही कार्कीको ‘आमा’ गित बजारमा

...

birahi karki aama song

असोज, काठमाडौं ।

‘बिरामी छु भन्दै बाबु फोन गरीथेउ पहिले,
न साँस भेटेँ न लास भेटेँ आमा तिम्रो मैले
एक्लै छु आमाको साथ छैन, नरोको दिन छैन रात छैन ।

आमा खुसी आमा देवी आमा नै हुन् धर्ति,
कहिल्यै गाली नरीनौ भो सधैँ दियौ अर्ति
एक्लै छु आमाको साथ छैन, नरोको दिन छैन रात छैन ।

दशै आउँदा तिहार आउँदा घरै आईज भन्थेउ,
छुट्टी पाईन भन्दा आमा डाको छोडि रुन्थेउ,
एक्लै छु आमाको साथ छैन, नरोको दिन छैन रात छैन ।’

 

माथि उल्लेखीत पक्तिहरु गितका शब्द हुन् । गायक बिरही कार्कीको पछिल्लो समय बजारमा आएको आमा एल्बममा रहेको गितमा समावेश शब्द हुन् । नेपाली मौलिकता झल्किएको गित बजारमा ल्याएर सदाबहार चर्चामा रहीरहने गायक कार्की अहिले पनि आमा भाग २ एल्बममा आमाको मायाका शब्दहरु रहेको निकै मार्मिक गित बजारमा ल्याएका छन् ।

आमा तिम्ले लगाएको चुरा फुट्दा खेरी, सुन खानीमा सुन, मायालु हजार, भन्देऊ के हो माया, जुनकिरी जस्ता बिरही कार्कीका चर्चित गित हुन् । गितमा लय शब्द तथा एकल अवाज पनि बिरही कार्कीको रहेको छ । सुनखानी म्युजीकको प्रस्तुतीमा रहेको सो गित स्वर्गिय आमा फुलमाया कार्की प्रति समर्पित लोकगित हो ।

you can Listen & download ‘AAMA’ song