दाङ स्वर्गद्धारी म्युजिक कलाकेन्द्रको उद्घाटन

...

असोज ६, काठमाडौं ।  काठमाडौंको ज्ञानेश्वरमा दाङ स्वर्गद्धारी म्युजिक कलाकेन्द्रको उद्घाटन गरीएको छ । कला क्षेत्रमा लाग्न चाहने र लागिरहेका हरुका लागि मंगलबारबाट एक कलाकेन्द्र थपिएको हो । दाङ्ग स्वर्गद्धारी म्युजिक कलाकेन्द्रमा गायन क्षेत्रका कलाकार, अभिनय क्षेत्रका कलाकार र नृत्य क्षेत्रका कलाकारहरुको लागि एउटै आगनमा सबैकाम हुने गरी म्युजिक कलाकेन्द्रको खोलीएको बताईएको छ ।

dang sworga dwari music (5)

उद्घाटन कार्यक्रममा नेपालका बिभिन्न कलाकारहरुको उपस्थिती रहेको थियो । गायन क्षेत्रका गायक÷गायिका, त्यसैगरी हाँस्य क्षेत्रका कलाकारहरु र नृत्य तथा मोडलिङ्ग क्षेत्रका कलाकारहरुको उपस्थिती देखिन्थ्यो । म्युजिक कलाकेन्द्रको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथिले कलाक्षेत्रका कलाकारहरुका लागि धेरै राम्रो काम गरीएकोमा म्युजिक कलाकेन्द्रका सञ्चालकहरु लाई धन्यवाद समेत दिए । साथै उनले गित गाउन चाहाने, नाच्न चाहाने, अभिनय सिक्न चाहाने सबैका लागि उत्तम ठाउँ र अनुभवी व्यक्तिद्धारा खोलिएको भन्दै प्रशंशा एवं शुभकामना दिए ।

dang sworga dwari music (2)पछिल्लो समय कला क्षेत्रमा आउन चाहानेहरु धेरै हुने तर कहाँ र कसरी गर्दा राम्रो हुन्छ भन्ने थाहा नहुँदा धेरै ठगिएको र पछि परेको भन्दै आफुले कला क्षेत्रका कलाकारहरुलाई सजिलो माध्यम बनाउने कोशिस गरेको दाङ्ग स्वर्गद्धारी म्युजिक कलाकेन्दका सञ्चालक दिनेश डाँगीले बताउँछन् । सञ्चालक डाँगीले कलाकार बन्नका लागि अभिनय र नृत्य सिक्न चाहाने नयाँ संघर्षशिल व्यक्तिहरुलाई पनि आफ्नो संस्थामा ठुलो सहयोग गरीने र सिकाउने बताए । उनले अन्य कलाकेन्द्रमा जानु र दाङ्ग स्वर्गद्धारीमा आउनुमा के फरक छ त भन्ने प्रश्नमा गित एरेन्ज, रेकडिंङ्ग त्यसैगरी इडिटिङ देखि गित बजारसम्म पुर्याउनका लागि गरीने प्रक्रिया सबैकुरा आफ्नो संस्थामा हुने र सबै एकैठाउँमा हुने भएकोले लागत पनि कम हुने कुरा प्रष्ट पारे ।

dang sworga dwari music (8)कार्यक्रममा फरक शैलीका कलाकार रमेश दुलालले आफ्नो स्वरको जादुद्धारा उपस्थित अन्य कलाकारहरुलाई चकित बनाएका थिए । आफ्नो मुख बाटै डेढ सय भन्दा बढि चराचुरुंगीका आवाज निकाल्न सक्ने कलाकार दुलालले अन्य कलाकारहरु माझ आफ्नो मुख बाटै मादल, सनई जस्ता नेपाली बाजा सुनाएका थिए ।

dang sworga dwari music (5)