रोल्पा कला उत्सव हुने

असार, काठमाडौं ।

सुनछहरी साहित्य तथा कला समाज सुनछहरी ५ पोबाङको आयोजनामा ‘रोल्पा कला उत्सव’ हुने भएको हो । असार २३ गते शनिबार हुने उत्सवमा सुनछहरी गाउँ पालिकाको पहिचानलाई कला साहित्यमार्फत प्रचार प्रसार गरी सुनछहरी भित्र रहेका विभिन्न प्राकृतिक सास्कृतिक तथा युद्ध पर्यटनको संभावनालाई राष्ट्रव्यापी रुपमा चिनाउने कार्यक्रमको मुख्य उदेश्य रहेको आयोजकले जनाएको छ ।

‘रोल्पादेखि रोल्पा सम्म’ बहस कार्यक्रम, ‘आजका नेपाली कविता बहस’ कार्यक्रम, ‘हाम्रा कविता रोल्पा बिशेष वाचन’ कार्यक्रम, ‘कविता कोलाज’ लगायत ४ शेसनमा कार्यक्रम हुनेछ । कला साहित्य समाजका अध्यक्ष महेश मानवका अनुसार कला उत्सवमा राष्ट्रिय स्तरका कवि, लेखक, साहित्यकार तथा पत्रकारहरुको उपस्थिति रहनेछ ।

सुनछहरी गाउँ पालिका रोल्पा जिल्लाकै विकट गाउँ पालिका हो । सुनछहरी गाउँ पालिकामा पर्यटकीय सम्भावना बोकेका  क्षेत्रहरु सुनछहरी झरना, जलजला, विवाङ दह (ताल) तिन कुठी भिर, तिलाचन लगायत प्राकृतिक क्षेत्रहरु छन् । १० वर्षे जनयुद्धमा सबै भन्दा बढी सहिद भएको गाउँ जेल्बाङ ऐतिहासिक तमाके भिडन्त लगायत थुप्रै युद्ध पर्यटनको सम्भावना वोकेको गाउँ पालिका भएको समाजका अध्यक्ष मानवले बताए ।