नेफ्टा अवार्डमा ३७ विधामा सम्मान, कसले पाए कुन सम्मान (तालिका सहित)

...

nefta award 2015असोज ८, काठमाण्डौँ । नेपाल चलचित्र प्राविधिक संघको आठौँ नेफ्टा अवार्ड कतारको राजधानी दोहामा सम्पन्न भएको छ । ओस्कार अवार्डका लागि छानीएको चलचित्र टलक जंग भर्सेज टुल्केले सर्वाधिक पाँच विधाको अवार्ड आफ्नो पक्षमा पारेको छ । उक्त चलचित्रका अभिनेता तथा संवाद लेखकका हिसाबले खगेन्द्र लामिछानेलाई दुई अवार्ड प्राप्त भएको छ ।

उत्कृष्ट निर्देशकको रुपमा सोहि चलचित्रका निर्देशक निश्चल बस्नेतले अवार्ड हात पारेका छन् । चलचित्रकी अभिनेत्री ऋचा शर्माले अवार्ड हात पारेकी छिन् । चलचित्र सुनपानीबाट उत्कृष्ट कथा र चरित्र अभिनेताका लागि सविन बास्तोलाले दुई अर्वाड पाएका छन् । संगीत संयोजन, नवअभिनेत्री, ध्वनि मिश्रण र छायांकन गरी चार विधामा अवार्ड हात पार्दै चलचित्र जेरीले चार विधामा अर्वाड हात पारेको छ ।

साथै, आर्यन सिग्देललाई चर्चित अभिनेता, प्रियंका कार्कीलाई चर्चित अभिनेत्री र चलचित्र कोहिनुरलाई चर्चित फिल्मको अवार्ड प्रदान गरिएको छ । कबड्डी’ले जुरी अवार्ड पाएको छ । महजोडीलाई कलारत्न अवार्डले सम्मान गरिएको छ भने विश्वकै कान्छो निर्देशक सौगात विष्टलाई विशेष प्रोत्साहनको सम्मान दिएको छ । नेफ्टा अर्वाडका विधा र सम्मानीत व्यक्ति यस प्रकार छन् ।

nefta award...

स्रोतः एरेडियो अडियो