असार, काठमाडौं ।

आउँदो साउन ४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ चलचित्र ‘चक्कर’ को ट्रेलर तथा पोष्टर सार्वजनिक गरिएको छ । अर्पण थापा र ऋचा शर्माको मुख्य भूमिका रहेको यो चलचित्रको ट्रेलरमा द्धन्द्धलाई प्राथमिकता दिएको पाइन्छ । ट्रेलरमा कलाकार द्वय एभोनराज उप्रेती र अर्पण थापाको द्वन्द्व देखिन्छ भने अभिनेत्री द्वय सृजना सुब्बा र स्मृति पोखरेलको इन्टिमेट दृश्य समेत जोडिएको छ । जसले फिल्मको कथामाथी केहि सस्पेन्स पनि छोड्छ । सेक्स भर्सेज क्राइम फिल्मको थिम हो ।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक अनुष्क रौनियारले चलचित्रमा द्धन्द्ध सँगै बेडरुप ड्रामा पनि भएको खुलाए । उनले यो चलचित्रमा बेडरुमबाट धेरै कथा अगाडी बढ्ने भएकाले बेडरुम डा्रमा मुभी भन्न मिल्ने बताए । चलचित्रको सम्पादन पनि निर्देशक रौनियारले नै गरेका हुन् भने कथा, पटकथा र संवाद पनि अनुष्कको नै हो । रविन आचार्यको निर्माण तथा छायांकनमा तयार चलचित्रमा संगीत संगम पन्त र पुष्प पलाञ्चोकेको छ ।

नेशनल मिडिया प्रोडक्सन र केटिएम आर्ट्स हाउस प्रोडक्सनको ब्यानरमा बनेको हो । अभिनेत्री ऋचाले केहि फरक स्वाद पस्किने फिल्म बनेको र आफुले पहिलो पटक प्रहरीको भुमिका निभाएको भन्दै दर्शकलाइ मन पर्ने खुराक ‘चक्कर’ बनेको बताइन् ।

Trailer: