आर्टिष्ट खबर/ असार, काठमाडौं ।

नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका चलेका गायक हुन् रामजी खाँण । उनले गाएका दर्जनौं गीत हिट छन् । लोकगीतको क्षेत्रमा उनी गीत गाएरै प्रवेश गरेका हुन् । उनको परिचय अहिलेपनि गायककै छ । तर पछिल्लो समय उनी गायनसँगै मोडलिङ तिर पनि होमिएका छन् । टप्प जिउडाल मिलेका रामजीले आफुले गाएका गीतहरुमा मोडलिङ त गर्छन नै, तर अन्यको गीतमा पनि मोडलिङ गरिरहेका छन् । उनले पछिल्लो समय आफूलाई अन्यको गीतमा मोडलिङको अफर आउन लागेको बताउँछन् ।

दैनिकजसो गीत रेकर्ड गराईरहेको अवस्थामा स्टुडियोमा भेटिने रामजी पछिल्लो समय सुटिङस्थलमा पनि उत्तिकै मात्रामा भेटिने गर्छन् । गीत गाएरै दर्शक तथा स्रोताले चिनेका कारण उनले आफूलाई गायक भन्न रुचाउँछन् तर पछिल्लो पुस्ताका दर्शकले उनका गीतहरु हेरेभने मोडल रामजी खाँण भनेर चिन्लान् भन्दा फरक पर्दैन । ‘मैले आफूलाई मोडल भनेर चिनाउन खोजेको होइन, धेरै साथीहरुले भिडियोमा मोडलिङ गर्नकै लागी अफर गर्नुहुन्छ, दर्शकले पनि रुचाएका कारण मोडलिङ गरेको हुँ’, रामजीले आर्टिष्ट खबरसँग कुरागर्दै भने । के पैसाकै लागी मोडलिङ पनि गर्नुभएको त होइन भन्ने प्रश्नमा उनी भन्छन्, ‘त्यस्तो होइन, सुरुमा एकदुई वटा भिडियोमा मोडलिङ गर्दा दर्शकहरुबाट राम्रो प्रतिक्रिया आएपछि अन्य केहिमा पनि मोडलिङ गरेको हुँ, त्यस्तो अन्य केहि कारण छैन’

उत्कृष्ट मोडलको अवार्ड

रामजीले पछिल्लो समय उत्कृष्ट मोडलको अवार्ड समेत पाउन थालेका छन् । केहिदिन अघिमात्रै सम्पन्न दोश्रो ओएस नेपाल म्युजीक अवार्डमा पुरुष तर्फको सर्वोत्कृष्ट लोकदोहोरी डान्सिङ मोडलको अवार्ड जितेका थिए । यसरी पछिल्लो समय उनले नृत्य गरेका गीतहरु मनोनयनमा पर्न थालेका छन् ।

बि.स. २०५६ सालबाट सांगितीक यात्रा शुरु गरेका रामजीले ‘वालिङ बजार’ बोलको गीतबाट आफ्नो गायन यात्रा अगाडि बढाएका थिए । पहिलो गीतमा शर्मिला गुरुङ र शिला आलेसँग स्वर दिएका रामजीले अहिलेसँम्म दर्जनौं गायिकासँग गीत गाइसकेका छन् । उनका सर्वाधिक चर्चित गीतहरुमा ‘फुल फुलेर पँहेलै भयो, यो संसारको रीत, आकाश जूनकै हो, निधारैमा लेखेशी, ठ्याक्कै जोडी सुहाउने, धुँवा सरी, बोर गरायो मायाले’ लगायत छन् । उनले अहिलेसम्म ७ हजार गीत गाइसकेका छन् भने सयभन्दा बढी गीतमा एरेन्ज र दर्जनौं गीतमा लय तथा शब्द पनि भरेका छन् ।