सुनिता दुलाल सहित सातै प्रदेशका आर्टिष्टलाई सरकारले गर्यो पुरस्कृत

असार, काठमाडौ ।

गायिका सुनिता दुलाल सहित सातै प्रदेशका आर्टिष्टलाई नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुरस्कार प्रदान गरेको छ । ३ नम्बर प्रदेशवाट गायिका सुनिता दुलाललाई राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरियो । उनलाई प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले ५० हजार रुपैयाँ सहित ताम्रापत्र प्रदान गरे ।

हरेक वर्ष पाँच विषयका लागि प्रदान गरिने महाकवि देवकोटा पुरस्कारमध्ये बालसाहित्य विधातर्फको २०७४ को पुरस्कार  विनय कसजुलाई प्रदान गरिएको छ । कविता विधातर्फ कञ्चन पुडासैनी, समालोचना, तेजराज खतिवडा (तराख),आख्यान र नाटक विधातर्फ प्रा.डा. अभि सुवेदी तथा भाषा साहित्य सेवाका लागि महेश्वर रायलाई एक लाख रुपैया सहित पुरस्कार प्रदान गरिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्धरा बुधवार राष्ट्रिय नाँचघरमा आयोजित राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार अन्तर्गत महाकवि देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा पुरस्कार र गोपाल रिमाल राष्ट्रिय पुरस्कार पनि प्रदान गरिएको थियो ।

वरिष्ठ नाट्यकर्मी प्रचण्ड मल्ललाई संगीत तथा नाट्य विधाका लागि, ठाकुर प्रसाद मैनालीलाई ललितकला विधाका लागि, प्रा।डा। केशवप्रसाद उपाध्यायलाई भाषा तथा सहित्य विधाका लागि तथा डा। रञ्जना धाख्वालाई संस्कृति विधाका लागि राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो ।

अन्य २७ जनालाई प्रादेशिक पुरस्कार प्रदान गरिएको थियो । भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७४ दलित मुक्ति आन्दोलनको क्षेत्रका लागि  पद्मलाल विश्वकर्मालाई प्रदान गरियो । त्यस्तै समाज सुधार अभियान क्षेत्रका लागि दलविर विश्वकर्मा रसाइली, शिप, कला, शिक्षा–साहित्य संस्कृति, लेखन तथा अध्ययन अनुसन्धान क्षेत्रका लागि लेखक तथा चिन्तक राजेन्द्र महर्जनलाई प्रदान गरिएको थियो ।  त्यस्तै गरी गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार २०७४ मध्ये काव्य पुरस्कार नरेश शाक्य ‘नीरज’ लाई र राष्ट्रिय नाटक पुरस्कार प्रा।डा। मोहन हिमांशु थापालाई प्रदान गरिएको थियो ।