असार, काठमाडौं ।

गएको दुई साता नेपाली चलचित्र रिलिज भएनन् । बलिउडका दुई ठुला चलचित्र 'रेश ३' र 'सन्जु'ले गर्दा नेपाली चलचित्र रिलिज हुने आँट गरेनन् । तर आज (असार २९) बाट एकैसाथ चार नेपाली चलचित्र रिलिजमा आएका छन् । यो साता बलिउडका कुनैपनि चलचित्र रिलिजमा आएका छैनन् त्यसैले पनि नेपाली चलचित्र निर्माताहरुले चलचित्र रिलिज गर्ने आँट गरेको देखिन्छ तर सञ्जुले अझैपनि नेपाली दर्शकको राम्रो साथ पाइरहेको छ । यो साता ‘बाबु कान्छा’, ‘वीराङ्गना’, ‘यो पागल मन’ र ‘बोबी’ रिलिजमा आएका छन् ।

बोबी

मिलन चाम्स निर्देशीत 'बोबी' रियल कथामा बनेको चलचित्र हो । उमेश थापा र कविता गुरुंगको वास्तविक कथामा बनेको यो चलचित्रमा उमेश र कविताले नै अभिनय गरेका छन् । गएको बुधबार राजधानीको कुमारी हलमा भएको प्रिमियरमा यो चलचित्रले राम्रो प्रतिक्रिया पाएको थियो । चलचित्रमा उमेश र कवितासँगै विजय लामा, रुबी राणा शाह, देशभक्त खनालको अभिनय पनि छ ।

‘वीराङ्गना’

राजबहादुर सानेको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘वीराङ्गना’ एक्शन र प्रेमकथामा आधारीत छ । अनुप विक्रम शाही, शिल्पा पोखरेल, पृथ्वीराज प्रसाईँ, प्रज्वल गिरी, शुशिल पोखरेल, ध्रुव कोईराला, प्रिया रिजाल, धिरेन शाक्यलगायतको अभिनय रहेको छ । चलचित्रमा बाँदर र घोडाको पनि अभिनय छ जुनकुरा दर्शकका लागी केहि नयाँ हुनसक्छ ।

यो पागल मन

कल्याण अधिकारी निर्देशीत यो चलचित्रमा विनोद न्यौपाने र ऋचा सिंह ठकुरीको मुख्य भूमिका छ । यो चलचित्र बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेका हुन् । गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारीलगायतका कलाकारहरुको पनि यो फिल्ममा अभिनय छ । दुईबर्ष अघि निर्माण भएको यो चलचित्र पनि प्रेमकथामा आधारीत छ ।

बाबु कान्छा

निर्देशक सोभित बस्नेतका छोरा नायक सलोन बस्नेतको मुख्य भूमिका रहेको यो चलचित्रमा सलोन र करिश्मा श्रेष्ठको मुख्य भूमिका छ । उनीहरुको रियल लाइफको जोडी रिलमा पनि जोडीकै रुपमा देखिएका छन् । चलचित्रमा नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, अश्लिन ज्ञवाली, ज्योत्सना महर्जनलगायतको पनि अभिनय रहेको छ ।