आर्टिष्ट खबर/ असार, काठमाडौं ।

नेपालमा सर्वाधिक सिक्वेल बनेको चलचित्र ‘नाई नभन्नु ल’को पाँचौं सिक्वेल प्रदर्शन हुने तयारीमा छ । आउँदो भदौ महिनाको ५ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको यो चलचित्रको ट्रेलर पनि केहिदिन अगाडीमात्रै सार्वजनिक गरिएको छ । जसमा चलचित्रका थुप्रै कलाकार अटाएका छन् । यो चलचित्रको पाँचौं सिक्वेलसम्म आइपुग्दा दर्शकले चलचित्रलाई रुचाइरहेका छन् । निर्देशक विकास आचार्यको दर्शक तान्न सक्ने क्षमताले गर्दा चलचित्रले सफलता पाइरहेको छ ।

चलचित्रको ट्रेलर अनुसार चलचित्रभित्र यसभन्दा अगाडीको सिक्वेलका कलाकार निकै कम छन् । नायिका प्रियंका कार्की र बाल कलाकार अनुभव रेग्मी बाहेक यो चलचित्रमा अन्य कलाकार देखिदैनन् । पहिले देखीनै प्रियंका र अनुभव भने दोहारिदै आएका छन् । यसैक्रममा ट्रेलर रिलिज कार्यक्रममा पनि निर्देशक आचार्यलाई यो प्रश्न तेर्साइयो कि कलाकार किन दोहोरिदैनन ? उनको उत्तरको पहिलो हर्फ थियो, कथाबस्तुले दिएन । उनले कथा लेखनको क्रममा प्रियंका र अनुभवलाई हेरेरै लेख्ने गरेको समेत बताए । उनले प्रियंका र अनुभव दोहोरिनुमा संयोग र यी दुईकलाकारसँग काम गर्दा निकै सहजहुने पनि बताए । ‘नाई नभन्नु ल ५’ मा नायक दिलिप रायमाझि, नायिका निरुता सिंहपनि जोडिएका छन् ।

२ जति ३ र ४ भएन स्विकार्छुः आचार्य

निर्देशक आचार्यले नाई नभन्नु ल २ ले जति ३ र ४ सिक्वललाई दर्शकले मन नपराएको स्विकार्छन् । दोश्रो सिक्वेल निकै हिट भइरहँदा तेश्रो पनि ठुलो अपेक्षाका साथ आचार्यले निर्माण गरेका थिए तर त्यो सफल हुन सकेन । यस्तै चौथोबाट पनि उनी निराश हुनुपर्यो । तर अब पाँचौं सिक्वेलबाट उनी आशावादी रहेको बताउँछन् । ‘तेश्रो र चौथो सिक्वेल राम्रो भएन मैले स्विकार्छु, तर अब पाँचौं सिक्वेल हेर्नुस् निराश हुनुपर्दैन’, आचार्यले भने । यस्तै चलचित्रको छैठौं सिक्वेल समेत निर्माण गर्ने तयारीमा जुटेको आर्चायले बताएका छन् ।

हरिबोल भण्डारी र गौरी जोशीले निर्माण गरेको सिनेमाका कार्यकारी निर्माता दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र बिष्णुमणि दाहाल हुन् । चलचित्रमा अभिषेक नेपाल र बालकलाकार सेड्रिना शर्माले डेब्यु गर्दैछन् । जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङ लगायतका कलाकारको पनि अभिनय छ । वान टाइम सिनेमाको व्यानरमा निर्माण भएको चलचित्रमा बसन्त सापकोटाको संगीत, अर्जुन जिसीको सम्पादन, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।