<pre><b>मुम्बई/एजेन्सी</b></pre><p style="text-align: justify; ">२९ जूनमा प्रदर्शनमा आएको बलिउड चलचित्र 'सन्जू'ले बक्स अफिसमा अझै दमदार कमाई गरिराखेको छ । संजय दत्तको बायोपिक यस चलचित्रले १५ दिनमा ५ सय करोडमाथि कमाई गरिसकेको छ । </p><p style="text-align: justify; ">वर्ल्डवाइड बक्स अफिसमा दुई हप्तामै यस चलचित्रले ५००.४३ करोड माथीको कलेक्शन गरिसकेको छ । दर्शकले यस चलचित्रलाई सकारात्मक प्रतिक्रिया दिईराखेका छन् । वर्ल्डवाइड बक्स अफिसमा सबै भन्दा बढि कमाउनेमा चलचित्र 'सन्जू' पर्न सफल भएको छ । यस अघि बलिउड चलचित्र 'सुल्तान' र 'बाहुबली २' पनि वर्ल्डवाइड बक्स अफिसमा बढि कमाउने चलचित्रमा पर्न सफल भएका थिए । यो चलचित्रले रणबीरको करियरलाई निकै उकासेको देखिएको छ । इंडिया रिपोर्टसका अनुसार 'सन्जू'लाई भारतमा ४००० स्क्रीन्समा प्रदर्शन गरिएको थियो । भारत बाहेक अन्य ६५ देशमा यो चलचित्र प्रर्दशन गरेको स्रोतले बताएको छ । विदेशमा करिब यो चलचित्र १३०० स्क्रीन्समा प्रर्दशन गरिएको छ । इंडियाको बक्स अफिस रिपोर्टसका अनुसार प्रर्दशनको पहिलो दिन सन्जूले ३४ करोड कलेक्शन गरेको थियो । जून यस बर्ष पहिलो दिनमै अन्य चलचित्रको तुलनामा बढि कमाएको साबित हुन सफल भयो । <br></p>