‘सुश्री सम्पति’ गीतका लागी दरवारिया पोशाक

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

आउँदो भदौ २२ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘सुश्री सम्पति’को अहिले छायांकनको काम भइरहेको छ । अहिले चलचित्रमा समावेश ‘हुकुम’ बोलको गीतको छायांक भइरहेको निर्माण युनिटले जानकारी दिएको छ । दरबारमा भारदारहरुसँगको नाँच र रमाइलो प्रस्तुत गरिएको छ भने पोशाक पनि त्यहि अनुरुप तयार गरिएको छ । झन्डै ८० भन्दा बढी कोरस सहित यसगीतमा सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने फिचर्ड छन् । गीतलाई गम्भीर बिस्टले निर्देशन गरिरहेका छन् । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा बिशाल राई र मेलिना राइको स्वर रहेको छ । गीतलाई शिवराम श्रेष्ठले छायाँकन गरिरहेका छन् । चलचित्रका छायाँकार भने अर्जुन तिवारी हुन् ।

रङ पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको यस चलचित्रको गीतको पाटन दरबार लगायतको रमणीय दृश्यमा छायाँकन भईरहेको छ । चलचित्रको बिषयमा बोल्दै निर्देशक आचार्यले चलचित्रको यो गीतबाहेक छायांकनको अन्य सबैकाम सकिएको बताए । ‘गीतलाई केहि फरक बनाउन भनेर केहि समय ब्रेक लिएका हौ । रेगुलर शुटिङकै क्रममा छायाँकन गर्दा कोरियोग्राफरसँग राम्रो छलफल गर्न पाइदैन, फरक बनाउनकै लागी छलफलमै छौं’ उनले भने । यस्तै कोरियोग्राफर गम्भीर बिस्टले दरवारिया पोशाकमा कलाकारलाई प्रस्तुत गरेको बताए । ‘यो गीत कसरि आउछ र किन यस्तो कन्सेप्टमा गरियो भन्ने जिज्ञाशा फिल्ममा हेर्दा नै मेटिन्छ’, बिस्टले भने ।

चलचित्रमा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहने चलचित्रको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । चलचित्र उपत्यकामा बिके फिल्मस्का गोपाल काजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछन् । चलचित्र भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।