दोहोरीगीत प्रतिष्ठानको आफ्नै भवन बन्ने

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले बिगत लामोसमय देखी आफ्नै भवन निर्माणको काममा जुटिरहेको थियो । अन्ततः यो कामले थालनी पाउने भएको छ । गायक तथा संस्थाका वर्तमान अध्यक्ष बद्री पंगेनीको नेतृत्वमा प्रतिष्ठानले आफ्नै भवन निर्माणका लागी काम अगाडी थालनी गरेको छ ।

बुधबार राजधानीमा रहेको प्रतिष्ठानको केन्द्रिय कार्यायलमा पत्रकार भेटघाट गर्दै प्रतिष्ठानले भवन निर्माणका लागी आवश्यक जग्गा किनिसकेको जानकारी गराइयो । प्रतिष्ठानका अध्यक्ष पंगेनीले राजधानीको टोखा नगरपालिका ७ बसुन्धरामा ७१ लाख ६ हजार बराबारको आवश्यक जग्गा किनिएको जानकारी दिए । उनका अनुसार उक्त रकममा ४० लाख रुपैंया सरकारी निकायबाट सहयोग मिलेको बताए । बाँकी ३१ लख ६ सय रुपैंया प्रतिष्ठानकै कोषबाट लगानी गरिएको जानकारी दिइयो । यसअघि पटक–पटक संस्कृतिमन्त्री रबिन्द्र अधिकारीले भवन निर्माणका लागी सरकारले सहयोग गर्ने आश्वासन दिएका थिए, त्यसैअनुरुप ४० लाख सहयोग भएको हो ।

‘हामी बिगत लामोसमय देखी प्रतिष्ठानको भवन निर्माणका लागी निरन्तर लागी परिरहेका थियौं, अहिले जग्गा किन्न सफल भएका छौं, अब छिट्टै नै भवन निर्माणको काम पनि थालनी गर्ने छौं’ अध्यक्ष पंगेनीले भने । यस्तै उनले भवन निर्माणका लागी पनि प्रतिष्ठानकै पदाधिकारी लगायत अन्य बिभिन्न संघसंस्थाबाट पनि सहयोग जुटिरहेको बताए ।

यस्तै कार्यक्रममा गएको एकबर्ष भित्रमा प्रतिष्ठानले गरेको कामहरुको पनि जानकारी दिइयो । लोकदोहोरी प्रतियोगीता, लोक गीत प्रतियोगीता, सबै राजधानीमा रहेका सबै रेकिर्डिङ स्टुडियोका सञ्चालकहरुसँगको बैठक लगायतका काम सम्पन्न गरिएको बताइयो ।  लोक तथा दोहोरी गीतमा आएको बिकृतीलाई हटाउनका लागी राजधानीका सबै रेकिर्डिङ स्टुडियोका सञ्चालकहरुसँगको बैठकमा उश्रृंखल प्रवृतिका गीतहरु रेकर्ड नै नगर्ने सहमति भएको बताइयो । यस्तै पछिल्लो समय प्रतिष्ठान भित्रै रहेका कलाकारहरुले गीतका शब्दहरु हेरेरमात्र गीत गाउन थालेका छन् । गायिका पुर्णकला बिसीले मात्रै गीत समाजमा अपाच्य शब्द राखिएकै कारण केहि महिना यता ७ गीत गाउनकै लागी अस्विकार गरेको बताइन् । पत्रकार भेटघाट कार्यक्रममै प्रतिष्ठानका निवर्तमान सचिव शिरिष देवकोटा र पुर्व महासचिव बिष्णु खत्रीको जन्मदिन परेको अवसरमा केक काटिएको थियो ।