‘भैरे’लाई दर्शकको राम्रो साथ, सिंगल थिएटरमा खचाखच दर्शक

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र भैरेले दोस्रो दिनसम्म दर्शकको राम्रो साथ पाएको छ । सँगै प्रदर्शनमा आएका अन्य दुई चलचित्र भन्दा भैरेमा दर्शकको संख्या बढी देखिन्छ । शुक्रबार भन्दा शनिबार चलचित्रले दर्शक धेरै कमाएको छ ।

राजधानीका सिंगल थिएटरहरुमा शनिवार विहानैदेखि दर्शक खचाखच देखिन्छन् । गोपीकृष्ण, अष्टनारायण, गुण जस्ता ठुला हलहरुमा दर्शकको चापबढी देखिन्छ । राजधानीका सिंगल थिएटर अधिकांश हाउसफुल छन् । चलचित्रले मल्टिप्लेक्समा शो भने थोरै पाएको छ तर जतिपाएको छ ति मध्ये अधिकांश हाउसफुल छन् । काठमाडौं बाहिरका चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि दर्शकको चाप बढेको चलचित्र युनिटले जनाएको छ ।

चलचित्रका निर्देशक एभरेष्ट सुर्य बोहराले चलचित्रमा गरेको दुख अनुसार दर्शकले साथ दिएकोमा खुसी लागेको बताए । 'बिहानै देखी अधिकांश हलहरु हाउफुल छन्, निकै खुसी लागेको छ । दर्शकबाट चलचित्रबारे राम्रो प्रतिक्रिया आएको छ' बोहराले भने । यस्तै चावहिलस्थित गोपिकृष्ण हलमा निर्देशक बोहरासँगै बुद्धि तामाङ, वर्षा सिवाकोटी, जान्वी बोहरा, विक्रान्त बस्नेत, बाल कलाकार अनुभव रेग्मीको टिम पुगेको थियो । सञ्चारकर्मिहरुसँग बोल्दै कलाकार बुद्धिले 'भैरे'लाई दर्शकले मन पराएको र आफ्नो भूमिकाबाट निकै इन्जोय गरेको बताए । यस्तै नायिका बर्षा सिवाकोटीले पनि चलचित्रमा गरेको मेहनतको प्रतिफल मिठो आउँदा खुसी लागेको बताइन् । 'हामीले गरेको मेहनतको फल आज राम्रो आउँदा खुसी लागेको छ, धेरै दर्शकले चलचित्रलाई निकै राम्रो भन्दै बाहिर निस्किनुभएको छ' बर्षाले भनिन् । यस्तै अर्की नायिका जान्वीले पनि चलचित्रमा आफ्नो सानो भूमिका भएपनि दर्शकले सम्झिने भूमिका भएको बताइन् । यस्तै उनको भूमिकालाई पनि दर्शकले ब्यक्तिगत रुपमै प्रतिक्रिया दिइरहेका थिए । 'मैले यो चलचित्रमा धेरै लामो भूमिका त निभाएकी छैन, तर जति छ त्यो दर्शकले रुचाइदिनुभएको छ, खुसी छु' जान्वीले भनिन् । यस्तै बाल कलाकार अनुभवले पनि यो चलचित्रको  भूमिकाबाट बढी दर्शकले चिन्ने बताए । अर्का कलाकार बिक्रान्तले धेरैपछि चलचित्रमा फर्किदा पनि धेरै दर्शकको माया पाएको बताए । हलमा चलचित्रका दुई कलाकार दयाहांग राई र सुरक्षा पन्त पुगेका थिएनन् ।

चलचित्रका प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी निर्माता हुन् । चलचित्रमा करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत सहनिर्मातामा छन् । पुरुषोत्तम प्रधान चलचित्रका छायांकार हुन् । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको चलचित्रको सम्पादन बनिष शाहले गरेका छन् ।

चलचित्रमा दयाहाङ्ग राई, सुरक्षा पन्त, वर्षा सिवाकोटी, बुद्धि तामाङ्ग, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रमा द्वन्द्व  सूर्य थोक्करको छ ।

video:

तस्बिरः नबिन चापागाईं/ आर्टिष्ट खबर