<pre style="text-align: justify; "><b>मुम्बई (एजेन्सी) । </b></pre><p style="text-align: justify; ">गएको शुक्रबारबाट बलिउड चलचित्र ‘धडक’ प्रदर्शनमा आएसँगै नेपालमा पनि राम्रो ब्यापार गरिरहेको छ । गएको दुईसाता यता नेपाली चलचित्रमा खासै दर्शक छैनन् । यो साता नेपाली चलचित्रले भन्दा बलिउड चलचित्रले दर्शक बढी कमाएको छ । <br></p><p style="text-align: justify; ">यस्तै ‘धडक’ले पनि अन्य नेपाली चलचित्रलाई दर्शकको हिसाबले पछि पारेको छ । शसांक खेतानको निर्देशनमा बनेको यो चलचित्र डेब्यू कलाकार जान्वी कपुर र ईशान खत्तरका लागि शुभ सावित भएको छ । डेब्यू कलाकारका लागि चलचित्रको सुरवात ब्यापार नै सुखद रह्यो । करण जौहरको ब्यानर धर्म प्रोडक्सनबाट निर्मित चलचित्रले पहिलो दिन ८ करोड माथिको ब्यापार गर्यो ।</p><p style="text-align: justify; ">यसै ब्यानरमा निर्माण भएको ुस्टुडेन्ट अफ दि इयरुको ओपनिङ ब्यापारलाई ‘धड्क’ले उछिनेको हो । ‘स्टूडेन्ट अफ दि इयर’ले पहिलो दिन ७ करोड माथिको ब्यापार गरेको थियो । प्रदर्शनको दोश्रो दिनमा ‘धड्क’ले ११ करोड कमायो । चलचित्रका निर्माता करण जोहर फिल्मको कमाइमा खुशी छन् । निर्माण टिमले प्रदर्शनको तेश्रो दिन २८ करोड माथिको ब्यापार गर्ने अपेक्षा गरेका छन् ।</p>