‘नाईं नभन्नू ल ५’ को शिर्ष गीतमा स्वस्तिमा र अभिषेक (भिडियो

चलचित्र ‘नाईं नभन्नू ल ५’ को ‘तिम्रो आँखामा आँखा जुधाई’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा मेलिना राईको स्वर तथा दिनेश थपलियाको शब्द छ भने  बसन्त पापकोटाको संगीत रहेको छ । गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का र नव–नायक अभिषेक नेपालको अभिनय रहेको छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियो झापा ,इलाम ,सिन्धुली लगायत अन्य रमणीय ठाउँ हरु मा छायाँकन गरिएको छ । भिडियो पुरुषोत्तम प्रधानले छायाँकन गरेका हुन् । बिकासराज आचार्यको निर्देशनमा बनेको चलचित्रमा आचार्यकै र सामिप्यराज तिमिल्सिनाको कथालेखन छ । चलचित्र हरिबोल भण्डारी र गौरीराज जोशीको निर्माणमा बनेको छ भने कार्यकारी निर्माताको रुपमा  दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र बिष्णुमणी दहाल रहेका छन् । अर्जुन जिसीको सम्पादन रहेको चलचित्रमा मा स्वस्तिमा र अभिषेकसँगै अनुभव रेग्मी, सेड्रिना शर्मा, प्रियंका कार्की, केकी अधिकारी लगायतको अभिनय छ । वान टाईम सिनेमाको ब्यानरमा बनेको चलचित्रको प्रर्दशन मिति भदौ ८ गतेलाई तोकिएको छ ।

(भिडियो)