आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

चलचित्र ‘कायरा’ को 'यो त माया हो' बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ । नरेश भट्टराईको शब्द रहेको उक्त गीत गायक सुगम पोखरेल र गायिका श्रेया सोताङ्गले गाएका छन् । गीतमा प्रविण सिंहको कोरियोग्राफी रहेको छ ।

फिलिपिन्स र नेपालमा खिचिएको गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको रोमान्स देख्न सकिन्छ । यी दुई पहिलो पटक एकसाथ पर्दामा देखिएका कारण चलचित्र 'कायरा' दर्शकमाझ प्रतिक्षीत बनेको छ ।

आर्यनको होम प्रोडक्सनमा निर्माण गरेको 'कायरा' लक्ष्मण रिजालले निर्देशन गरेका हुन् ।

चलचित्रमा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ । कल्याण सिंह, कोशिश क्षेत्री र अर्जुन पोखरेलको संगीत रहेको चलचित्रको स्क्रिन प्ले र डाइलग केदार भुषालको छ । निर्देशक रिजालले निर्माण गरेको चलचित्र बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् भने राजकुमार भट्ट कार्यकारी निर्माता हुन् । । त्यसतै सह-निर्मातामा दिनेश थापा र दिवस पराजुलीको हात रहेको छ । फिलिपिन्समा खिचिएको चलचित्र ‘कायरा को प्रदर्शन मिति साउन १८ गतेलाई तोकिएको छ ।

(भिडियो)