आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

लामो समय देखि नृत्यनिर्देशनको अनुभबलाइ संगालेर दिनेश पाख्रिनले चलचित्र निर्देशनमा डेब्यू गरेका छन् । उनको निर्देशन रहेको पहिलो चलचित्र यहि श्रावण २५ देखि प्रर्दशन हुदैछ । पुराना कलाकारलाइ लिएर उनले यस अघि केहि चलचित्र निर्माण गरे तर यस पटक उनले नयाँ कलाकार लिएर चलचित्र टिनएज निर्माण संगै निर्देशन गरे ।

यस पटक बिगतमा भन्दा फिल्म चलाउन धेरै कष्ट झेल्नु परेको उनको भनाइ छ । चलचित्रको कथाले हेर्दा टिनएज देखिने कलाकार खोज्यो त्यसैले चलचित्रमा नयाँ अनुहार राखियो । नयाँ कलाकार भए पनि आ आफ्नो क्षेत्रमा अब्बल कलाकार छन् तर पनि रिलिज को समयमा सबैले हेपेको अनुभव गरेको निर्देशक पाख्रिनले दुखेसो गरे । गत असोजमा रिलिज गर्ने भनेर प्रचार प्रसारमा लाखौ खर्च गरिसके पछि बितरणको जिम्मा पाएको टिमले लापरबाहि गरे पछि निर्देशक पाख्रिनले आफू हेपिएको महसुस गरे रिलिज स्थगित गरे । हाल बितरणमा सरोज शर्मा र निर्देशक पाख्रिन आफैले जिम्मा लिए । तर फिल्म रिलिज पछि धेरैको घमण्ड उत्रिने उनले दाबि गरेका छन् ।

चलचित्रको बारेमा बताउदै निर्देशक पाख्रिनले चलचित्र हेरी सके पछि कुनै नयाँ कलाकारले काम गरे जस्तो नलाग्ने दाबि गर्दैै आफूले उत्कृष्ट फिल्म बनाएको बताएका छन् । यसै साता जापानको बिभिन्न शहरमा चलचित्र टिनएज प्रर्दशन हुदैछ। चलचित्रमा प्रतिक्षा खड्का , नरेश बिर सिं , सरोज शाह , एन्जिला खड्गी , रेशम फिरीरी, कृष्ण कृष्ण सिवाकोटि , सरिता राजोपाध्याय लगायतका कलाकारको अभिनय रहेको छ ।

१४ श्रावण २०७५, सोमबार ०२:४०