बेहुली शृंगार गर्ने प्रतियोगीतामा लक्ष्मी उत्कृष्ट

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

बेहुली शृंगार गर्ने प्रतियोगीता ‘ब्राइडल मेकअप कम्पिटिसन–२०१८’को उपाधि चितवनकी मेकअप आर्टिस्ट लक्ष्मी पौडेल पोखरेलले जितेकी छन् । लक्ष्मीले आफ्ना २३ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी  हुन् । काठमाडौंमा असार १५ गते सम्पन्न यस प्रतियोगितामा आफ्ना २३ प्रतियोगीलाई  जित्दै लक्ष्मीले उत्कृष्ट भएबापत ११ हजार १ सय ११ रुपैयाँसहित क्राउन र विभिन्न उपहार प्राप्त गरेकी छन् । यस्तै महाराजगञ्ज काठमाडौंकी मेकअप आर्टिस्ट शोभा श्रेष्ठ सो प्रतियोगितामा फस्ट रनरअप हुँदै ६ हजार ६ सय ६६ रुपैयाँ र कालिमाटी काठमाडौंकी शोभा बस्नेत सेकेन्ड रनरअप हुँदै ४ हजार ४ सय ४४ रुपैयाँसहित विभिन्न उपहार प्राप्त गरिन् ।

ब्युटी न्युज नेपालको प्रस्तुति रहेको यो प्रतियोगिताको निर्णायकमा बरिष्ठ ब्युटिसियनद्वय डा. राजश्री श्रेष्ठ, अग्रज व्युटिसियन रश्मिला श्रेष्ठ, नेपाल कस्मेटिक व्यवसायी संघका अध्यक्ष रञ्जित पौडेल, नेचर इसेन्स÷करल इसेन्सका कन्ट्री निर्देशक रमेश उप्रेती र अग्रज मेकअप आर्टिस्ट श्याम बराल थिए । मेकअप आर्टिस्ट तथा ब्युटिसियनहरुको बेहुली शृंगार कलालाई बाहिर ल्याउन यो एकदिवसीय प्रतियोगिता गरिएको हो ।

कार्यक्रममा नेचर इसेन्स÷करल इसेन्सका कन्ट्री निर्देशक रमेश उप्रेती, वर्षको उत्कृष्ट कस्मेटिक व्यवसायी मच्छिन्द्र खकुरेल, अस्थाबेरी लिमिटेड मुम्बई तथा डेल्टा मार्केटिङका नेपाल प्रबन्धक हेमन्त नेरुलालाई कस्मेटिक क्षेत्रमा उल्लेख योगदान सम्मानबाट सम्मानित गरियो । ब्युटिसयन क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै अग्रज ब्युटिसियन सफलता थापा ब्युटिसियन योगदान सम्मान र १५ वर्षदेखि नाइहरुसँगै पौठेजोरी गर्दै पुरुषको कपाल दारी काट्दै आएकी ब्युटिसियन देबीमाया दाहाल (दीपा)लाई ब्युटिसियन फरक योगदान सम्मानबाट सम्मानित गरियो ।

यो प्रतियोगिता ब्युटी सेक्रेट ब्युटी सलुन खिचापोखरी, रोज सिप विकास तामिल केन्द्र रवि भवन, रविना ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर पेप्सीकोला, कलंकी ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कलंकी, ओम शान्ति ब्युटी सलुन सल्लाघारी र विक्षण क्रिएसनले यो प्रतियोगिताको आयोजना गरेको हो ।