<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौं । </b></pre><p style="text-align: justify; ">नेपालमा प्रदर्शन भएर राम्रो प्रतिक्रिया पाइसकेको चलचित्र ‘पञ्चायत’ बिदेशमा प्रदर्शन हुने भएको छ । चलचित्र यहि साउन १८ गते (अगस्ट ३) मा मकवानपुर मिलन केन्द्र कतारको आयोजनामा कतारमा शो हुने भएको छ । यहाँको प्रदर्शनबाट उठेको रकम मकवानपुरमा एम्बुलेन्स सेवा सुचारु गर्न सहयोग गरिने निर्माता सुसान्त कुमार श्रेष्ठले बताए । श्रेष्ठ यतिबेला कतार पुगिसकेका छन् । यस्तै अगस्ट १२ मा ‘पञ्चायत’ अष्ट्रेलियामा प्रदर्शन हुँदैछ । अस्ट्रेलियाको प्रदर्शनबाट उठेको केही प्रतिशत रकम समाजसेवामा खर्चिने प्रस्तुतकर्ता गणेश गिरीले बताएकाछन् । </p><p style="text-align: justify; ">यस्तै चितवन समाज युएईको आयोजनामा सेप्टेम्बर २०, २१ र २२ मा युएईको अल एन, दुबई र अबुधावीमा बिशेष प्रदर्शन हुँदैछ । युएईको प्रदर्शन बाट उठेको पैसा चितवनमा रहेको चेपाङ बालबालिकाको क्षेत्रमा काम गर्दै आएको गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई सहयोग गरिने चितवन समाज युएईका महासचिव तथा संचारकर्मी रमेश क्षितिज बताएका छन् । शुरुमा यहि शुक्रबार कतारको ग्रान्ड मलसँगै रहेको एसियन टाउन सिनेमा हलमा साँझ ३ बजे फिल्म प्रदर्शन हुनेछ । शिवम अधिकारी निर्देशित यो चलचित्रको नेपालसँगै अमेरिका, जापान लगायतका ठाउँमा प्रदर्शन भैसकेको छ । </p>






१७ श्रावण २०७५, बिहीबार ०७:१५ 








