नक्कली मोदी लाई यसरी तेर्सिए प्रश्नका प्रश्न (फोटो फिचर)

...

dublicate narendra modi - manoj gajurelअसोज १७, काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यतिबेला नेपालमा तिब्र बिरोध भईरहेको पाइन्छ । कुनै बेला नेपालमा हाई हाई पाएका मोदी अहिले नेपालीहरुको मनमा नराम्रो बनेका छन् । भारतले अघोषित नाका बन्दी गरेपछि भारतका बिरुद्ध नेपालीहरुले बिभिन्न नाराबन्दी गर्दै नाकाबन्दी खोल्नुपर्ने भन्दै प्रदर्शनमा उत्रिए । यसका साथै शुक्रबार भारतले नाकाबन्दी खोलेको समाचार बाहिर आएपनि सहज हुन सकेको छैन ।

dublicate narendra modi - manoj gajurelआईतबार राजधानीको अनामनगर स्थित मण्डला थिएटरमा नक्कली मोदी अर्थात हाँस्य कलाकार मनोज गजुरेल नरेन्द्र मोदी बनेर गएपछि प्रश्नहरु एकाएक तेर्सिका थिए । सिस्नुपानी नेपालले आयोजना गरेको उक्त कार्यक्रममा उपस्थित कविहरुले कविताको माध्यम बाट प्रश्न तेर्साएका थिए ।

कार्यक्रममा साहित्यकार रामप्रसाद ज्ञवाली, टंक आचार्यले कविता मार्फत मोदीलाई प्रश्न तेर्साए त्यस्तै जनवादी गायक जीवन शर्माले गित गाएर सुनाएका थिए । नक्कली मोदी बनेका कलाकार गजुरेलले मोदीकै शैलीमा दुई औंला उठाउँदै नेपालमा परेको समस्या बारेपनि बोले । साथै उनले नेपाललाई सधैं माया गर्ने गरेको तर पहिला आउँदा बाह बाह पाएपनि अहिले नेपाली जनाता आफु प्रति धेरै रिसाएको बताए ।

dublicate narendra modi - manoj gajurelसाथै कार्यक्रमको अन्त्यमा मोदीले बाहिर आएर साईकल चलाएर पनि देखाए । सर्वसाधारणको किन साईकलमा आउनु भो भन्ने प्रश्नमा उनले नेपालमा भारतको नाकाबन्दीले पेट्रोलियम पदार्थको अभावले गर्दा साईकलमा आउनु परेको बताए । कार्यक्रममा नक्कली मोदी सँग फोटो खिचाउनेहरुको भिड नै लागेको थियो ।कार्यक्रम दिउँसो ३ बजे देखि ४ः ३० सम्म भएको थियो ।

dublicate narendra modi - manoj gajurel

dublicate narendra modi - manoj gajurelतस्बीर: अाटीस्ट खबर