बक्स अफिसप्रति निर्माताहरुको आक्रोस

गोपिकृष्ण चापागाईं/ साउन, काठमाडौं ।

नेपाली चलचित्रको आम्दानीको ‘एक्चुअल डाटा’ थाहापाउने सजिलो सफ्टवयेरको रुपमा रहेको बक्स अफिस नेपालमा यहि साउन १ गतेबाट औपचारिक रुपमा लागुभयो । बर्षौदेखी चलचित्रको आम्दानीको एकिन डाटा नपाएका चलचित्र निर्माताहरु खुसी देखिए । कम्प्युटरमा एक क्लिकको भरमा चलचित्रले कमाएको कमाएको सम्पुर्ण आम्दानी थाहा पाउने आशामा रहेका निर्माताहरु निराशका साथै आक्रोसित बनेका छन् ।

बिहिबार चलचित्र पत्रकार संघको आयोजनामा सरोकारवालाहरुसँग अन्र्तक्रिया कार्यक्रम राख्यो । जसमा बक्स अफिस लागुभइसकेपछि प्रदर्शनमा आएका चलचित्रका निर्माताहरु आक्रोसित देखिए । उनीहरु बक्स अफिस लागुभइसकेपछि पनि आफूहरुले एकिन डाटा नपाउँदा आक्रोसित बनेका हुन् ।

बक्स अफिस लागुभइसकेपछि बिभिन्न प्राविधिक त्रुटीका कारण लाइभ डाटा आउन नसक्दा निर्माताहरुले दुखेसो पोखे । साथै उनीहरुले अबैध टिकट बिक्री नरोकिएको गुनासो राखे । निर्माताहरुसँगै, प्राविधिक पक्ष, कार्यन्वयन समिति र सम्बन्धित संघसंस्थाले प्राविधिक समस्या झेल्नुपरेको छ । कार्यक्रममा विकास बोर्ड अध्यक्ष निकिता पौडेलले बक्स अफिस लागुभएसँगै केहि प्राविधिक समस्या आएको स्विकारिन् । साथै उनले अझैपनि आफूहरु परिक्षण समयमै रहेकाले त्रुटीहरुको समाधान गर्दै गरेको बताइन् । बक्स अफिस लागू भएको १७ दिन पुगिसकेको छ ।

बक्स अफिस लागुभइसकेपछि पहिलो प्रदर्शनमा आएको चलचित्र ‘भैरे’ टिमले राजधानीकै केहिहलहरुमा इ टिकेटिङ नभइ हातैले च्यातेको टिकट भेटिएको बताए । उनीहरुले त्यस्तो अबैध टिकट बिक्रीबाट निर्माताहरुले घाटा बेहोर्नु परेको बताए । कार्यक्रममा बक्स अफिस विज्ञ मनिष पण्डितले बक्स अफसिका लागी तीन महिना परीक्षण समय राखिएको बताए । उनले आफूहरुको सिस्टममा समस्या नभएको बताउँछन् ।

यस्तै आउँदो माघ महिनाबाट राजधानी बाहिरपनि लागु गरिने भनिएको बक्स अफिस के हुन्छ भन्ने बिषयमा समयमै लागुहुने बोर्ड अध्यक्ष पौडेलले बताइन् । राजधानी बाहिरका केहिहलहरुको भौतिक संरचना, इन्टरनेट जस्ता समस्याको सामाधान हुन केहिसमय लाग्ने र त्यो समस्या हटेलगत्तै बक्स अफिस लागू हुने बताइन् । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले निर्मातहरुमा बक्स अफिसको सिस्टमबारे केहि निर्माताहरुलाई बानी नभएकाले यसको प्रक्रिया बुझ्न केहिसमय लाग्ने बताए ।