आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

बिगत सातबर्ष देखी म्युजीक क्षेत्रमा लागेका सृष्टाहरुलाई सम्मान स्वरुप अवार्ड प्रदान गर्दै आएको ‘म्यूजिक खवर म्यूजिक अवार्ड’को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । नेपाल पत्रकार महासँघ मोरङको हलमा सातौं म्यूजिक खवर म्यूजिक अवार्डको पत्रकार सम्मेलन गरि उत्कृष्ट पाँचको मनोनयन सार्बजनिक गरिएको हो ।

आगामी असोज १३ गते विराटनगरमा सम्पन्न हुने उक्त अवार्डको मनोनयन कार्यक्रम विराटनगरमा हामी युवा संस्थाले व्यवस्थापन गरेको हो । कार्यक्रममा अवार्डका निर्देशक शान्तिप्रियले अवार्डको इतिहाँसको बारेमा प्रष्ट पारेका थिए । सदस्यसचिव सन्तोष श्रेष्ठ, सल्लाहकार सुमन दाहाल, पत्रकार महासंघ मोरङका अध्यक्ष लगायतलृ अवार्डका बारेमा बोलेका थिए । त्यस्तै अवार्डका अध्यक्ष सुमन बैरागीले अवार्डको बारेमा प्रष्ट पार्दै सह आयोजक हामी युवालाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको बताएका थिए । कार्यक्रममा हामी युवाकी अनुमया बास्तोलाले संचालन गरेकी थिइन् । सर्वोत्कृष्ट राष्ट्रियभावको गीतमा ‘एकै घरका सन्तान हामी, म भन्दा नि माथि, माया छ मलाई मेरो देशको, मेरो देश सुन्दर छ र हामी नेपाली पर्न सफल भएका छन् । यस्तै सर्वोत्कृष्ट लोकगीतमा ‘झिल्के भेना, मेरो माया छ भने, पा¥यो तिरिमिरी, सुनको औंठी र आमाबोलको गीत परेका छन् । यस्तै लोकदोहोरी तर्फको सर्वोत्कृष्ट लोकदोहोरी गायकमा ‘दुई कुराले ठग्यो’बाट बैकुण्ठ महत, ‘धादिङ नौबिसे’बाट दीपसागर थापा, ‘चरर बरर’बाट प्रकाश सपुत, ‘रुँदै रुँदै शहर’बाट मेक्सम खाती र ‘गैरी गाउँको मेला’बाट रञ्जित परियार परेका छन् । साथै लोकदोहोरी तर्फकै उत्कृष्ट गायिकाहरुमा ‘हिजोको घाउ ’बाट देवी घर्ती, ‘मायालुको साथै रमाइलो’बाट सुनिता दुलाल, ‘गाउँमा हल्ला चल्यो’बाट प्रिति आले, ‘संसार छोडी जाम’बाट गीता देवी, ‘रुँदै रुँदै तिम्रो शहर’बाट पूर्णकला बिसी पर्न सफल भएका छन् । यस्तै सर्वोत्कृष्ट चलचित्र संगीतकारमा एश्वर्या चलचित्रको ‘तिमी रोएको पल’बाट अर्जुन पोखरेल, चलचित्र पञ्चेबाजाको ‘घिन घिन मादल’बाट विकास चौधरी चलचित्र मंगलम्को ‘पर्ख पर्ख मायालु’बाट दीपक चलचित्र पञ्चायतको ‘छोरीको जन्म’बाट टंक बुढाथोकी र चलचित्र कान्छिको ‘चरि चट्ट परी भुरुरु’बाट राजनराज शिवाकोटी परेका छन् । यस्तैगरी जम्मा ३३ बिधाका सर्वोत्कृष्ट मनोनयन सार्वजनिक गरिएको छ ।