दसैंको कार्यक्रमका लागि प्रकाश कटुवाल र मिलन लामा कुवेत पुगे

...

prakash katuwal and milan lama in dubetअसोज, काठमाडौं । गायक मिलन लामा र प्रकाश कटुवाल दसैं कार्यक्रमका लागि कुवेत पुगेका छन् । नेपालीहरुको महान पर्व बिजया दशमीको अवसरमा कुवेतमा हुने एकनेपाली कार्यक्रमका लागि उनीहरु आज (बुधबार) साँझ कुबेत पुगेका हुन् ।

दसैंको अवसरमा लालिगुराँस साँस्कृतिक परिवार नेपाल कुवेतले आयोजना गर्ने कार्यक्रममा कलाकार मिलन लामा र प्रकाश कटुवालले आफ्नो प्रस्तुती त्यहाँ रहेका नेपालीहरुमाझ प्रस्तुत गर्नेछन् । कार्यक्रम यही अक्टुबर ९ अर्थात असोज २२ गते जिलिब स्थित वैडिङ हलमा मध्यान्ह १२ बजे देखि ‘दशै रमझम संस्कृतिक कार्यक्रम’को नाममा हुनेछ । साथै गायक प्रकाश कटुवालले कुवेत पुगेर आर्टिस्ट खबरसँग टेलिफोनमा भने, यहाँ बस्नुहुने नेपालीहरुले असाध्यै माया गर्नुभएको छ । हामी दुई मिलन दाई र मैले आफ्नो प्रस्तुतीबाट भरपुर मनोरञ्जन दिने प्रयास गर्नेछौं ।

prakash katuwal and milan lama

तस्बिरः गायक प्रकाश कटुवाल र मिलन लामा त्रिभुवन बिमानस्थलमा