आज देखि गाईजात्रा शुरु, हुने छैनन् दीपक-दीपा देखि मनोज गजुरेल सम्म

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

शुरुभयो गाईजात्रा

यसबर्ष कलाकार मनोज गजुरेल, दीपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे र जितु नेपालको टिमले सहभागीता नजनाउने बताएका छन् । बिगतका बर्षमा हुँदै आएको प्रज्ञाभवनको संरचना पुर्ननिर्माण हुन लागेकाले योबर्ष अन्य ठाउँमा सहि ब्यवस्थापन नहुने भन्दै यी कलाकारले गाईजात्रा प्रहशन नगर्ने निर्णय गरेका हुन् ।

गोपिकृष्ण चापागाईं ।

नेपाली हास्यकलाकारहरुले महानपर्वको रुपमा मनाउँदै आएको गाईजात्रा आजबाट शुरु भएको छ । प्रत्येकबर्ष नेपाली हास्यकलाकारहरु जमघट भई गाईजात्रा बिशेष प्रहशन गर्ने गर्दछन् । यसबर्षपनि आजबाट सातदिन सम्मका लागी गाईजात्रा प्रहशन शुरु भएको छ । बिगतका बर्षहरुमा पन्ध्रदिनसम्म चल्ने प्रहशन योबर्ष भने सातदिनसम्म मात्र चल्ने आइतबार एक कार्यक्रम गर्दै जानकारी दिइयो ।

यसबर्ष बिगतका बर्षहरुमा सहभागी भएका सबै कलाकार हुने छैनन् । नेपाली हास्यब्यंग्यमा दर्शकले धेरै रुचाएका कलाकारहरुले यसबर्ष गाईजात्रामा सहभागी नलिने निर्णय लिएका छन् । यसबर्ष कलाकार मनोज गजुरेल, दीपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे र जितु नेपालको टिमले सहभागीता नजनाउने बताएका छन् । बिगतका बर्षमा प्रज्ञाभवनमा हुँदै आएको गाईजात्रा यसबर्ष भने सांस्कृतिक संस्थान जमलमा हुने बताइयो । अहिले प्रज्ञाभवन हलको संरचनाको पुर्ननिर्माण भएकाले त्यसस्थानमा प्रहशन गर्न नमिल्ने भएकाले सांस्कृतिक संस्थानमा राखिएको गाईजात्राका कलाकार तथा उद्घोषक राजाराजेन्द्र पोखरेलले बताए ।

यता सहभागी नजनाउने कलाकारले पनि स्थानकै कारण सहभागीता नजनाएको बताएका छन् । ‘राम्रो ब्यवस्थापनका साथ कार्यक्रम गर्न सकिदैन भने बरु कार्यक्रम नै नगर्नु राम्रो हुन्छ त्यसैले हामीले यो बर्ष सहभागीता नजनाउने निर्णय ग¥यौं’, कलाकार दीपकराज गिरीले आर्टिष्ट खबरसँग कुरागर्दै भने । दीपकलाई अन्य केहि कलाकारले चलचित्र ‘छक्का पञ्जा ३’को छायांकनमा ब्यस्त भएकाले समय नदिएको बताएका थिए तर दीपकले भने यो कुरा स्विकार्दैनन् । ‘म गाईजात्रा हुने समयमा जुनबर्ष पनि छायांकनमै ब्यस्त हुन्छु, गतबर्ष पनि मिलाएकै थिएँ, झन् हाम्रै चलचित्रको प्रमोशन हुने ठाउँहो किन नगर्नु ? यहि अहिले प्रज्ञाभवनमै गर्न सकिन्थ्यो भने हामी सहभागी हुनेथियौं’, दीपकले भने । उनले सांस्कृतिक संस्थानमा गरिने भएपनि त्यहाँ पार्किङका लागी प्रयाप्त ठाउँ नहुँदा दर्शकलाई समस्या पर्ने बताउँछन् । दीपकले समस्याका बाबजुतपनि गाईजात्रा प्रहशन गर्ने तयारीमा रहेका अन्य कलाकारलाई शुभकामना दिए ।

यता गाईजात्राका खम्बाकै रुपमा लिइने हास्य कलाकार मनोज गजुरेलले पनि यो बर्ष सहभागी नजनाउने बताएका छन् । उनले पनि बिगतका बर्षमा जस्तै प्रज्ञाभवनमा आयोजना हुनेसम्भावना नरहँदा सहभागी नजनाउने निर्णय लिएको बताए । ‘मैले गाईजात्राकै लागी धेरै बिदेशका कार्यक्रम छाडेको छु, तर उचित ठाउँ प्रज्ञाभवन थियो, अहिले त्यो ठाउँ नहुँदा राम्रो ब्यवस्थापन गर्न सकिदैन’, मनोजले भने । यस्तै उनले गाईजात्रामा सहभागी नभएतापनि दर्शक हसाउने कामकै लागी आफ्नो सिस्नुपानी संस्थाबाट बिभिन्न कार्यक्रम गर्ने तयारीमा रहेको बताए । ‘हामी दर्शक हँसाउने कामगर्ने भएकाले नै केहिसमय पछि सिस्नुपानी टिमबाट नेपालका जतिपनि जेलहरुमा कैद छन् उनीहरुको मनोबल बढाउनका लागी जेल भित्रै हाँस्य प्रहशन गर्ने कार्यक्रम ल्याउँदैछौं, केहिसमयमै पुर्वका जेलहरुबाट यो कार्यक्रम शुरु गरिनेछ’ मनोजले थपे ।

यसबर्षको गाईजात्राका उद्घोषक कलाकार राजाराजेन्द्र पोखरेलले पछिल्लो समय नेपालमा देखिएका समसामाहिक कुराहरुलाई ब्यंग्यात्मक शैलीमा प्रस्तुत गरिने बताए । साथै उनले अग्रह कलाकारहरु योबर्ष सामेल नहुने भएतापनि मनोरञ्जनमा कुनै कमि नहुने बताउँछन् । ‘योबर्ष अग्रह दाईहरु नहुने भएपनि हामी त्यहि अनुसार वर्कसप गरिरहेका छौं, प्रस्तुती शैली, बिषय लगायतमा ध्यान दिएका छौं’, उनले भने । यसबर्ष पल्पसा डंगोल, सुरेन्द्र केसी (मुलाको साग) रबि डंगोल, शिब शंकर रिजाल (जोगिन्दर), दमन रुपाखेती लगायतका कलाकार गाईजात्रामा सहभागी हुनेछन् । गाईजात्रा आज (भदौ ११) देखी भदौ १८ सम्म चल्नेछ । शनिबार दुई शो हुने र अन्य बिदाका बाहेक अन्य दिन एक शो हुने बताइएको छ ।