सेक्स प्रस्ताव गर्ने कसैले आँटै गरेनन्ः मोडल सृजना

...

असोज, काठमाडौं ।  भर्खर १७ बर्ष पुगीन् सृजना बस्नेत । चट्ट जिउँ मिलेकी हेर्दा राम्री सृर्जना मोडलिङ क्षेत्रमा प्रवेश गर्न खोज्दा ६ महिना अघि सायद शहदेव कोइराला सँग भेट नभएको भए यो क्षेत्रमा हुने थिइनन् होला । आधा दर्जन म्युजीक भिडियोमा मोडलिङ गरीसकेकी सृजना बस्नेतले प्रविन भट्टको निर्देशनमा र अन्जु पन्तको स्वरमा रहेको “हाँसे होला बोलें होला” गितबाट डेब्यु गरेकी हुन् ।

मोडलिङ पेशा नरोजेको भए आज सायद एयर होस्टेज हुन्थेंहोला भन्ने सृजनाले मोडल पेशा आफ्नो सानै देखिको इच्छा भएको बताउँछिन् । सानै देखि मोडलमा रुचि भएको र यहि पेशा अँगाल्छु भनेर अगाडि बढेको बताउछिन् ।
srijana basnet - nepali hot modelसबैले पचाउने र रुचाउने हुन्छु
म मोडलिङ गर्दा धेरै कुरामा ध्यान दिन्छु । पछिल्लो समयमा आएको बिकृती अर्थात अश्लिलता लाई धेरै ध्यान दिएकी पनि छु, किनकी म्युजीक भिडियोमा खेलीसकेपछि समाजले पचाउने र सबैले रुचाउने हुनुपर्छ । परिवार सँग बसेर हेर्न मिल्ने पनि हुनुपर्छ त्यसैले म सबैले हेर्ने खालको म्युजीक भिडियोमा मात्र मोडलिङ गर्छु ।

ठुलो सपोर्ट परिवार कै
यो क्षेत्रमा प्रवेश गर्नुमा र अगाडि बढ्नुमा मेरो परिवारको ठुलो सपोर्ट छ । मेरा हरेक कदमलाई परिवारले स्विकार्नु हुन्छ र म कहिल्यै गलत बाटोमा पनि हिडिन र हिड्ने पनि छैन । परिवारले गर्नभएको विश्वासलाई कायम राख्नेछु । र मलाई यहाँ सम्म ल्याउन अझ सपोर्ट गर्ने मेरा गुरु सहदेव कोइरालालाई पनि सम्झन चाहान्छु ।

 बेड सिन दिन्न
म्युजीक भिडियोमा मोडलिङ शुरु गरेपछि फिल्मको अफर पनि आयो तर लामो समय दिन पर्ने भएपछि मेरो पढाईले गर्दा समय दिन सकिन । मैले चाँहे म्युजीक भिडियो होस् या फिल्म होस् अँग प्रदर्शन भने गर्दिन । राम्रो भुमिकाको अभिनय मात्र गर्छु । अंग प्रदर्शन गरेर भन्दा अभिनय कलाबाट चर्चामा आउन चाहान्छु । वेडसिन दिन्न बरु यो क्षेत्रबाट बाहिर निस्कन्छु तर वेड सिन दिन्न ।

[wpdevart_like_box profile_id=”artistkhabar” connections=”3″ width=”350″ height=”350″ header=”0″ locale=”en_US”]
सेक्स प्रस्ताव गर्ने आँटै गरेनन्
यो क्षेत्रमा लागेपछि प्रेम प्रस्ताव त आईहाल्दो रहेछन्, प्रस्ताव धेरै आएपछि म एक्लि नै छु तर म सानै उमेरको भएर पनि होला सेक्स प्रस्तावको गर्ने कसैले आँटै गरेको छैन । र यस्तो कुरा मलाई मन पनि पर्दैन र कसैले नराम्रो सोचेर प्रस्ताव गरेपनि सिधै रिजेक्ट हुन्छ ।

सेक्सी पुरुष –आर्यन सिग्देल
सेक्सी पुरुष त धेरै हुनुहुन्छ र कलाकारिताकै क्षेत्रमा हेर्दा मलाई लाग्ने नेपाली सेक्सी पुरुषमा अभिनेता आर्यन सिग्देल सेक्सी पुरुष लाग्छ । सायद चकलेटी भएर होकि ।

सेक्स सबैलाई चाहिन्छ
सेक्स के हो भन्ने प्रश्नको उत्तर त सजिलै छ नि । हरेक प्राणिलाई चाहिने प्राकृतिक देन हो । हरेकलाई चाहिन्छ । तर त्यो कुराको पनि समय हुन्छ, धेरै कुरामा ध्यान दिनुजरुरी हुन्छ ।

ड्रिंक गरेको छैन
मलाई मन पर्ने मःम हो । असाध्यै मनपर्छ र धेरै खानेपनि गर्छु । साथै बनाउन आउनेमा चाँहि चिकेन फ्राई हो । तर बनाउनै नआउनेमा चाँहि मटन पर्छ । मैले ड्रिंक भने अहिले सम्म गरेकी छैन र गर्दिन पनि किनकी मनले मागेको कुरा गर्नुपर्छ र खानुपर्छ मेरो मनले माग्दैन त्यसैले ।
srijana basnet modelडरलाग्ने जनावर मुसा र सर्प
मलाई डरलाग्ने जनावर भनेको मुसा र सर्प हो । यि दुई कुरामा असाध्यै डरलाग्छ । मुसा कराको सुनें भने पछि सात्तो जान्छ होला मेरो त । त्यस्तै सर्प त झन् देख्नै हुन्न, अझ बाटो एक्लै हिड्दा खुट्टामा बेरियो भने त म त्यहिं चिच्चाएर कराएर त्यतिकै बस्छु होला ।

७ दिन सम्म मकै बारिमा
सानो छँदा त धेरै रमाईलो कुराहरु हुन्थे । म पाँच कक्षामा पढ्दा स्कुल जान भनेपछि साह्रै अल्छि थिए । एकपटक ७ दिनसम्म मकै बारिमा खेलेर बसेकी छु । घरबाट स्कुल जाने भनेर ड्रेस लगाएर हिड्ने अनि दिनभरी मकैबारीमा खेल्ने साँझ घर फर्कने फेरी अर्को दिन पनि त्यसैगर्ने गरेर ७ दिन कटेको छ । पछि ममीले थाहा पाएर एकदिन भरी बाख्राको खोरमा थुन्नुभएको थियो । त्यो दिनको क्षण कहिल्यै बिर्सिन्न होला ।

प्रस्तुतीः गोपिकृण्ण