सकियो ‘क्याप्टेन’को सुटिङ

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

नायक अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘क्याप्टेन’को सुटिङ सकिएको छ । आउँदो कात्तिकको दोस्रो सातामा आउने सम्भावना रहेको यो चलचित्रको २ महिनामा सुटिङ सकिएको चलचित्र निर्माण टिमले जनाएको छ । भुवन केसीले निर्माण गरेको यो चलचित्र दीवाकर भट्टराईले निर्देशन गरेका छन् ।

सुटिङ सुरु नहुँदै देखी चर्चामा रहेको यो चलचित्रमा अनमोल एक फुटबल खेलाडीको रुपमा देखिदैछन् । केहि दिन अघि सार्वजनिक गरिएको पोष्टरमा पनि ११ नम्बरको जर्सिमा देखिएका अनमोलको यो चलचित्र थप प्रतिक्षित बनेको छ । अनमोलको युवा फ्यान बढी भएकाले पनि उनीहरुका लागी पोष्टर सार्वजनिक भएसँगै थप जिज्ञासाको बिषय बनेको छ । चलचित्र निर्माण टिमले भदौ २४ गते आइतवार चलचित्रमा समावेश पहिलो गीत सार्वजनिक गर्दै औपचारिक रुपमा प्रदर्शन मिति घोषणा गर्ने तयारी गरेको छ ।

जिल्ला स्तरिय हुँदै राष्ट्रिय फुटबल टिमको क्याप्टेन भएको एक युवकको संघर्षको कथा यो चलचित्रमा देखाइएको छ । ‘क्याप्टेन’ का लागि १२ केजी तौल घटाएका उनी गएको वर्ष प्रदर्शनमा आएको फिल्म ‘कृ’ पछि पर्दामा फर्किन लागेका हुन् । ‘क्याप्टेन’मा अनमोलको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय छ । ‘क्याप्टेन’मा चन्द्र पन्तको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ भने सम्पादनको जिम्मेवारी दिर्घ खड्काले सम्हालेका छन् । सुदीप बराल डिओपी रहँदा क्यामेरामेनमा नवराज उप्रेती छन् । चलचित्रको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन् ।